ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

युक्रेनले बाटाे नदिदाँ युरोप जाने रुसी ग्याँस बन्द, ६० बर्ष पछि युराेपमा आपतकाल

१८ पुष २०८१, बिहीबार
१८ पुष २०८१, बिहीबार

किभ ।

रुसको सरकारी स्वामित्वको कम्पनी ग्याजप्रोम र युक्रेनबीच पाइप लाइनमार्फत युरोपेली मुलुकमा ग्याँस पठाउने सम्झौता अहिले रद्द गरिएको छ ।

योसँगै रुस र युक्रेनबीचको अन्तिम बाँकी रहेको व्यापार तथा राजनीतिक सम्झौता पनि अब समाप्त भएको छ ।

सम्झौता भङ्ग भएपछि अहिले युरोपका धेरै देशमा रुसी प्राकृतिक ग्यासको निर्यात रोकिएको छ । रुसी कम्पनी ग्याजप्रोमले ट्रान्जिट सम्झौता अन्तर्गत युद्धका बेला पनि स्लोभाकिया, मोल्डोभा र हंगेरीलगायत धेरै देशमा प्राकृतिक ग्याँस पठाउने गरेको थियो ।

युक्रेनका ऊर्जा मन्त्री जर्मन गालुसेन्कोले एक विज्ञप्तिमा भनेका छन्, ‘हामीले रुसी ग्यासको पारवहन रोकेका छौं। यो ऐतिहासिक घटना हो । रूसले आफ्नो बजार गुमाउँदैछ, यसले आर्थिक नोक्सान बेहोर्नेछ।’

युरोपेली देशहरूमा ग्याँस पठाउने पारवहन सम्झौता २०१९ मा सुरु भएको थियो, जो ३१ डिसेम्बर २०२४ मा समाप्त हुनेवाला थियो। युक्रेनले यो सम्झौता नवीकरण गर्न अस्वीकार गरे पछि युरोपमा रूसी ग्याँस निर्यात अबरूद्द भएको छ ।

स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको र हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले केही सातादेखि युक्रेनलाई पारवहन सम्झौता रद्द नगर्न मनाउन प्रयास गरिरहेका थिए। युक्रेनले सम्झौता नविकरण नगरिदिए पछि उनीहरूको प्रयास असफल साबित भएको छ । यी दुवै युरोपेली नेता पुटिनको समर्थक मानिन्छन्।

ग्याँस नपाउने डरले रोबर्ट फिको गत हप्ता पुटिनलाई भेट्न मस्को पुगेका थिए । उनले युक्रेनले पारवहन सम्झौता नवीकरण नगरे स्लोभाकियाले युक्रेनलाई विद्युत् आपूर्ति बन्द गर्ने बताएका थिए । तर, यस धम्कीमा युक्रेनले आफूहरु यसबाट चिन्तित नभएको बताएको थियो ।

युक्रेनका ऊर्जा मन्त्री जर्मन गालुसेन्कोले भने कि यदि स्लोभाकियाले त्यसो गरे युक्रेनले रोमानिया र पोल्याण्डबाट बिजुली आयात गरेर क्षतिपूर्ति दिने तयारीमा रहेको छ।

उता, मोल्दोभाको अवस्था सबैभन्दा गम्भीर छ। यो युक्रेनसँगको सिमानाबाट काटिएको र रुस समर्थित पृथकतावादीहरूसँग लडिरहेको देश हो। ट्रान्जिट सम्झौता रद्द हुने डरका कारण डिसेम्बरको सुरुमा मोल्दोभामा ६० दिने आपतकाल लगाइएको छ ।

मोल्डोभाजस्तै स्लोभाकिया र हंगेरीले त्यति धेरै समस्याहरूको सामना गर्दैनन् किनभने यी देशहरूले अझै पनि ब्ल्याक सीमा बिछ्याइएको टर्कस्ट्रीम पाइपलाइनबाट रूसी ग्याँस खरिद गरिरहेका छन्।

रुसी ग्यास आपूर्ति ६० वर्षपछि बन्द भएको हो । रूसले युक्रेनमा हजारौं किलोमिटरसम्म लामो भूमिगत पाइपलाइनहरू बिछ्याइएको छ। यी सोभियत युगमा राखिएको थियो। करिब ६० वर्षदेखि यी पाइपहरूको सहायताले प्रत्येक वर्ष करिब १५० अर्ब घनमिटर रुसी प्राकृतिक ग्याँस पश्चिम युरोपमा पठाइने गरिन्थ्यो।

रुस–युक्रेन युद्ध सुरु भएपछि युरोपेली संघका देशहरूले रुसी जीवाश्म इन्धनमाथिको निर्भरता घटाएका छन । यही बेला रूसले यी पाइपलाइनहरू मार्फत ४० बीसीएम ग्यास आपूर्ति घटाएको छ। २०२३ मा यो आपूर्ति झन्डै १५ बिसिएममा घटेको थियो, जुन अहिले शून्यमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?