ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य

दलित आयोगकी पुर्व सदस्य सचिवको ठगी धन्दा, क्यान्सरपीडित महिलासँग ८४ लाख ठगी

१८ पुष २०८१, बिहीबार
१८ पुष २०८१, बिहीबार

बुटवल, १७ पुस ।

करिव ८ वर्षअघि अधिवक्ता जानकी बराह दर्जीले बुटवल–८ सुख्खानगरकी एक महिलासँग घर किनिन् । क्यान्सर रोगबाट पीडित उमेरले चार दशक नाघेकी अमृता सुनारले आफ्नो उपचारका लागि भन्दै परिवारसहित बस्दै आएको १२ धुर जग्गामा बनेको ६ कोठे घर जानकीलाई बेचेकी थिइन् । २०७३ साल माघ २१ मा घर खरीद बिक्रीको वातावरण उनकै एक छिमेकीले बनाइदिएका थिए ।

८१ वर्षीया अमृताले घर बिक्री गरेर ३४ लाख रुपियाँ नगद बुझी बाँकी घर जानकीको नाममा रजिष्ट्रेशन पास गरिदिइन् । तर जानकीले बाँकी ८४ लाख रुपियाँ अहिलेसम्म पाएकी छैनन् । उपचारका लागि घर बेचेकी उनको न त बिक्री बापतको पैसाले उपचार गर्न पाएकी छन्, न त पैसा आउँछ भन्ने कुराको ग्यारेन्टी नै । आठ वर्षसम्म पैसा नपाएपछि उनले न्यायका लागि सञ्चारकर्मी गुहारेकी छन् ।

पेशाले कानुन व्यवसायी रहेकी जानकी राष्ट्रिय दलित आयोगकी पुर्व सदस्य सचिव समेत हुन् । बुटवल–११ देवीनगर करुणपथ बस्दै आएकी उनले बाँकी पैसा नदिएपछि नियतमाथि नै प्रश्न उठेको छ । छिमेकीको भर विश्वासमा परेर आफूले घर बेचेको र अहिलेसम्म पैसा नपाउँदा सडकको बास हुन पुगेको अमृताले दुःखेसो पोखिन् ।

छिमेकी भनेर विश्वास गरेकाले अमृताले कुनै बलियो कागजानबिना नै आफ्नो नामको घरजग्गा सहीछाप गरेर जानकीलाई जिम्मा लगाएकी थिइन् । छातीमा क्यान्सर रोग देखिएपछि उपचार गराउन घर बेचेकी उनले ३४ लाख रुपैयाँ प्राप्त गरे पनि बाँकी रकम भने नपाएपछि सडकमा आउनु परेको हो ।

न्यायका लागि रुँदै सञ्चारकर्मीसँग उनले भनिन्, “म क्यान्सर रोगले पीडित हु, छोरा डिप्रेसनको बिरामी छ, भएको घरजग्गा दलालले खाइदियो । न्याय खोज्न जाउँ प्रमाण छैन भनेर ढोकैबाट फर्काउँछन् ।’

अमृता आफ्ना ४ भाई छोरामध्ये साहिलो छोरा दुर्गा खड्कासँग बस्दै आएकी थिइन् । घर बेचेपछि भने उनी घर न घाटको हुन पुगेकी हुन् ।

अमृताका अनुसार जानकीले तिर्नुपर्ने बाँकी ८४ लाख रुपियाँ रकम नदिइ नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ८ मा रहेको ७ कट्ठा ६ धुरको जग्गा दिएर मिलाउने भनी आश देखाइन् । तर उक्त ठाउँमा जाँदा जग्गासमेत नभेटिएपछि अमृताले आफू ठगिएको महसुस गरिन् । अमृता र जानकीबीच घर–जग्गा किनबेचको कारोबार गराउने मुख्य व्यक्ति जानकीका भाई विक्रम बराह हुन् ।

आफूले पाउनेपर्ने रकम नपाएपछि अमृता न्यायका लागि बुटवल–८ को वडा कार्यालयमा पुगिन् । त्यहाँ उनले निवेदन दिएपछि छलफल र सहमतिका प्रयासहरु समेत भएको अमृता बताउँछिन् । तर भएका छलफल र सहमति कार्यान्वयन भएन । बुटवल टुडेलाई प्रतिक्रिया दिंदै वडा अध्यक्ष यज्ञप्रसाद पंगेनीले अमृता वास्तविक रुपमै पीडित भएको स्वीकार गरे । “न्याय दिलाउनका लागि वडाबाटै पटकपटक प्रयास गरियो, तर सफल भएन, नियतवश नै ठगी गर्न खोजेको देखिन्छ”–उनले भने ।

अमृता न्याय खोज्दै बुटवल उपमहानगरको न्यायिक समितिमा समेत पुगिन् । उपप्रमुख सावित्रा देवी आर्यालले अमृता अन्यायमा परेको सत्य भएको तर कागजान कमजोर हुँदा समस्या परेको बताइन् । “कमजोर कागजात हुँदा अमृता पीडित हुन पुगेको देखिन्छ”–उनले भनिन् ।

घर खरीद गर्ने जानकीले भने यस विषयमा मध्यस्थकर्ता रहेका आफ्ना भाई विक्रमलाई देखाउँदै आफू पन्छिन् खोज्छिन् । “विक्रमसँग जग्गा लिने भनेर उहाँहरुले सहमति गर्नुभएको हो, सबै कुरा विक्रमलाई सोध्नुस्”–उनले बुटवल टुडेसँग भनिन् ।

पीडित परिवारलाई उनले आफू कानुनी रुपमा बलियो भएकाले कसैले केही गर्न नसक्ने भन्दै धम्कीपुर्ण भाषा प्रयोग गर्ने गरेको पीडितको आरोप छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?