Butwal Today

काठमाडौंमा भूकम्पको धक्का, सिन्धुपाल्चोकमा केन्द्रविन्दु

१८ पुष २०८१, बिहीबार
अ+
अ-

 काठमाडौं

आज दिउँसो काठमाडौंमा भूकम्पको हल्का धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, भूकम्प दिउँसो १ बजेर २ मिनेटमा महसूस भएको हो।

केन्द्रका अनुसार, भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको माझीटारमा रहेको र ४.८ म्याग्निच्यूडको पराकम्पन भएको जनाइएको छ। यसअघि, बैतडीको सिगास गाउँपालिकाको न्वाघर क्षेत्रमा ४.६ म्याग्निच्यूडको भूकम्प आएको थियो।

भूकम्पको धक्का काठमाडौंका विभिन्न क्षेत्रहरूमा महसुस गरिएको छ, तर हालसम्म कुनै ठूलो जनहानि या भौतिक क्षतिको रिपोर्ट छैन।