ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

औद्योगिक ब्यापार मेला र बुटवल

१८ पुष २०८१, बिहीबार
१८ पुष २०८१, बिहीबार

उद्योग बाणिज्य संघ बुटवलले औद्योगिक ब्यापार मेला भब्य र सभ्यरूपमा सम्पन्न गरेको छ । “लगानी लुम्बिनीमा ,समृद्धि देशमा” भन्ने मूल सन्देशका साथ पुष ३ देखि १८ गते सम्म चलेको मेलाको आज समापन हुँदैछ । यो मेलाले नेपाली कृषि उत्पादन र औद्यागिक उत्पादनको प्रदर्शनीले नेपाली बजार चलायमान बनाएको छ । बुटवलमा लाग्ने औद्योगिक ब्यापार मेलाको इतिहास लामै बनिसकेको छ । औद्योगिक ब्यापार मेला भनेपछि सहजै बुझन्न सकिन्छ कि यो उद्योगबाट उत्पादित बस्तुको ब्यापारगर्ने मेला हो । मलाई याद छ यस्तो खालको मेला लगाउने चलनको शुरुवात बुटवलमा २०२४÷ २०२५ देखि छिटफुट रूपमा भएको थियो । यस्तो मेला त्यतिबेला बुटवलमा लुम्बिनी कलेजको मैदान हालको बुटवल बहुमुखी क्याम्पसको प्राङ्गणमा लाग्ने गथ्र्यो । त्यसपछि हालको कन्तिमाविको अगाडी हाटबजार लाग्ने ठाउँमा लाग्थ्यो । त्यो पंञ्चायतको समयको कुरा थियो । तर त्यतिबेला त्यस्ताखालको मेलालाई रमाईलो मेला नाम दिईएको हुन्थ्यो । त्यो बेला विभिन्न संघसंस्थाले मेला लगाउँथे । २०३२/३३ सालतिर बुटवल जेसिस्ले पनि यस्तो खालको रमाईलो मेला लगाएको थियोे । मेलामा उद्योगबाट उत्पादित भाँडाकुडा,खाद्यान्न,चिनी,नुन,जुत्ता चप्पल अलिअलि कपडा जस्ता सामाग्रीहरू हुन्थे । आजकलजस्तो रेडिमेड कपडाका दुकान शुरुका मेलामा देखिदैनथ्यो । अलिअलि जुवाका आईटम पनि हुन्थे । जस्तो तम्बोला खेलाउने र नम्बर मिलेमा पैसा पाईने ,सामानमाथि रिङ् हान्ने रिङ् फसेमा जे समानमा रिङ् फस्यो त्यही सामान पाईने, जस्ता खेल खेलाईन्थ्यो । भारतीयहरूले ल्याउने आजकलजस्ता ठूला बिद्युतीय पिङ,मौतका कूवा भनेर कूवाभित्र मोटरसाईकल कुदाउँने जस्ता खेल हुँदैनथे । हो सामान्य जादु भने देखाउथे केही ब्यक्ति ।
२०४०/४२ सालतिर रूपन्देही उद्योग संघले पनि उद्योग प्रविधीका नमूना सहित यस्तै प्रकृतिको मेला लगाउन थाल्यो । केही वर्ष उद्योगवाण्ज्यि संघ र रूपन्देही उद्योग संघले आलोपालो सडक विभागको कम्पाउण्डभित्र यही प्रकृतिको मेला लगाए । सबै खाले मेलामा नाँचगान दोहरी त हुन्थ्यो नै बिभिन्न प्रकारका भारतीय खेल सामाग्री र पिङहरूले प्रबेश पाउँदै गए । उद्योग बाणिज्य संघले कहिले कृषि मेला पनि गरयोे । यो मेला कृषककालागि फाईदा जनक नै थियो । कृषकहरूलाई प्रोत्साहन गर्न र कृषिमा प्रयोगहुने औजार देखि आधुनिक मसिनहरू द्धारा कृषकलाई सूसूचित पार्न त्यस्तोमेलाको आयोजना गरिएको बताईन्थ्यो । त्यहाँ कृषि औजारको साथै कृषकद्धारा उत्पादित तरकारी अन्न लगायतका सामानको कृषि मेला पनि भयो , राम्रो उत्पादन गर्ने कृषकलाई पुरस्कृत पनि गरिन्थ्यो । बालमन्दिर कम्पाउण्ड भित्र त्यो मेला हुन्थ्यो । मेला लगाउने स्थायी ठाउँ थिएन । कहिले कहाँ कहिले कहाँ लगाउँदा र गेट, सामानराख्ने स्टलहरू बनाउँदा हरेक वर्ष थुप्रो पैसा खर्च भईरहेको हुन्थ्यो । त्यसैले सबै उद्योगि र ब्यापारिक संघसंस्थाले मेलाकालागि स्थायी ठाउँको माग गरिरहेका थिए । सोही प्रयासले हालको स्थान प्राप्त भएको हो । जेसुकै नाम दिएर मेला लगाएपनि सबै एकै एकै प्रकारका देखिन्छन् कृषि मेला बाहेक । औद्योगिक मेला भनेपनि आखिर नेपालमा भएको उद्योग बन्द गरेर विदेशी ब्राण्डको ब्यापार मस्कदैछ । तर पनि अहिले ठाउँकालागि कुनै कमि छैन । रामनगर प्रहरी तालिमकेन्द्र भन्दा केही अगाडी स्थायी ठाउँ बनेको छ । स्थायी स्टलहरू बनेका छन् र केही बन्न्ो क्रममा छन । तीनचार वर्षदेखि मेला त्यहीठाउँमा लागिरहेको छ । यसले भौतिक संरचनासहित स्थायी ठाउँ पाईरहेको छ । त्यही बनेकोछ ठूलो सभाहल । जहाँ हजारौ मानिस अटाउन सक्छन् । यो बुटवलको गौरव पनि हो् । यसैले गर्दा बुटवल राजमार्ग आसपासका ठाउँमा ठूला होटल र अस्पताल पनि बनिरहेका छन् । बेलाबेलामा लाग्ने यस्ता मेलाले मानिसको क्रय शक्तिलाई चलायमान बनाउँछ नै केही समयलाई रमाईलो मनोरञ्जन पनि दिन्छ । मेलाहेर्न घुम्न मनोरञ्न गर्न ,कलाकारहरूले आफनोकला देखाउने राम्रो मौका मिलेकोछ । त्यसका अतिरिक्त,चाहिएको सामान किन्न भन्दै मानिस आवत जावत पनि गरिरहन्छन् यसलेगर्दा आर्थिक चलायमान बढेकोछ ।
अहिलेपनि बुटवल उद्योग बाणिज्यसंघ रूपन्देहीको आयोजनामा पुष ३ गतेदेखि १८ गतेसम्म औद्योगिक ब्यापारमेला लाग्यो र त्यसको आज समापनपनि भएकोे छ । हामी पनि एक दिन आफनो ठाउँमा लागेको मेला हेर्न घुम्न जाउँ भन्दै गयौं । जान त मेला लाग्दा पहिले पनि जान्थ्यौ नै । केहीवर्ष पहिला बुटवल उद्योग वाणिज्य संघले मलाई महिला पत्रकारको नाताले र मेलाका गतिबिधीको फिचर लेखेवापत सम्मान समेत गरेको थियो । त्यसैले पनि मेलालाग्दा हरेकपटक हेर्न जान्छु र देखेको कुरा लेख्छु पनि । अहिले पनि गयौं । पहिलाभन्दा अहिले एउटा राम्रो काम भएछ संस्थाबाट, जेष्ठ नागरिक र अपाङ्गताको कार्ड देखाएर पैसा नलाग्ने टिकट दिईदो रहेछ र टिकट लिने ठाउँ पनि अलग्गै रहेछ ,जसलेगर्दा भिडमा चेपिदै टिकटलिनु परेन बुढाबुढीलाई । ठाउँले स्थायीत्व पाएपछि ठाउँ फराकिलो जतिपनि छ । ठूलो सभाहल पहिले बनिसकेको छ । मेलामा स्टल बुकिङ् गरेर सामान ल्याउनेकालागि पनि केही सुबिधा पक्कै भएको छ । सामानका स्टलहरूकालागि स्थायी संरचना बन्नु पनि मेलाको सवल पक्ष हो । तर पनि मेलाको प्रकृति खासै भिन्न छैन । उही लत्ता कपडा, सिरकडसना ,जुत्ता चप्पल,बिभिन्न कम्पनिबाट उत्पादित चाउचाउ, भुजिया दालमोट,भाँडाकूडा, बिभिन्न सहकारी र बिभिन्न बैकहरूका विज्ञापन,बिदेशी अटोमोवाईलका बिज्ञापन बोर्ड, केही सूचना प्रबिधीका स्टल र केही पुस्तक पसल पनि रहेकारहेछन् । त्यसका अलावा केही कृषकका कृषि तरकारी उत्पादन । हुम्ला जुम्लाका उत्पादन मार्सिचामल,गेडागुडी दाल,फापर,कोदोका पिठो ,टिमुर, किबी सुन्तला जस्ता फलफूल र दुईचारवटा फूलका नर्सरी पनि देखिए । दुग्धजन्य पर्दाथ खुवा कुराउनी,थोर्गा ब्राण्डको गुँड र स्पटमै पेलिएको उखुको खुदो,गुँडको ब्यापार पनि चलेको देखियो । त्यसका अलावा बिभिन्न खाले नास्ता पसलहरू,मोमो,चाउमिन,चाट,फुल्की जेहरीमा धेरै मानिस झुम्मिएको देखिन्थ्यो । मनोरञ्जनकालागि नाँचगानमा अत्यधिक मानिसको भिड हुने नै भयो । यसले गर्दा आर्थिक चलायमान बढेको पायौ हामीले । यो यस मेलाको सबल र राम्रो पक्ष हो ।
हरेक मेलाका सबल र दुर्वल पक्ष दुबै छन् । यो मेलाका पनि दुर्वलपक्ष नभएका होईनन् । ति दुर्वलपक्ष हुन् नेपालको अत्यधिक पैसा भारत पलायन हुनु । भारतीयहरूले ल्याएका बिभिन्न खाले खेल सामाग्रीबाट उठेको पैसा सबै भारततिर जानेगर्छ । राख्नदिए वापत सामान्य भाडा लिएरमात्र पुग्दैन जस्तो लाग्छ । अहिलेसम्म कति पैसा बाहिरियो लेखाजोखा छैन । निरन्तरता दिएको कुरालाई प्रतिबन्ध लगाउन त सकिदै र हुँदैन पनि तर ति ल्याउने साधनहरूमा राम्रो कर लिएर मात्र चलाउन दिनु उपयुक्तहुने मैले महशुस्गरे । अन्यकुरा सबै ठिकैछ आफना गाउँ शहरमा आफनो ठाउँमा मेला लागेको छ यो ठूलोकुरा हो । मेला ब्यवस्थितगर्ने जिम्मेवारी लिएर यसको ब्यवस्थापनको जिम्मेवारी निभाउने कामलाई सानो आँक्न मिल्दैन । उद्योग संघ रूपन्देही र उद्योग बाणिज्यसंघ रूपन्देहीले लगाउने यि र यस्ताखाले मेलाहरूले निरन्तरता पाओस् र देशका अर्थतन्त्रमा राम्रो टेवा पुगोस् भन्ने शुभेच्छा र शुभकामना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?