ट्रेंडिंग:

>> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली 

नेप्सेमा ४.६३ अंकको वृद्धि, १५६ कम्पनीको मूल्य बढ्यो

१८ पुष २०८१, बिहीबार
१८ पुष २०८१, बिहीबार

 काठमाडौं

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ४.६३ अंकको वृद्धि सहित २५८६.०२ विन्दुमा कायम भएको छ। अघिल्लो दिनको तुलनामा बजारमा सामान्य अंकको वृद्धि भएको छ, र यससँगै कारोबार रकम पनि बढेको छ। आजको कारोबारमा चार अर्ब ६० करोड रुपैयाँको कारोबार भएको छ, जुन अघिल्लो दिनको तीन अर्ब ५९ करोडको तुलनामा अधिक हो।बजारमा १५६ कम्पनीका सेयरको मूल्य वृद्धि भएको छ भने ७७ कम्पनीको मूल्य घटेको छ। ११ कम्पनीका मूल्य स्थिर रहेका छन्।

यस दिन विशेष गरी विकास बैंकको समूहमा आकर्षण देखिएको छ। विकास बैंक समूहका सेयरमा सबैभन्दा बढी २.४० प्रतिशत वृद्धि भएको छ। फाइनान्स समूह ०.४१ प्रतिशत, होटल र पर्यटन ०.६९ प्रतिशत, हाइड्रोपावर १.८७ प्रतिशत, जीवन बीमा ०.३७ प्रतिशत, उत्पादन ०.८० प्रतिशत, निर्जीवन बीमा ०.७७ प्रतिशतले वृद्धि भएको छ।

न्यादी हाइड्रोपावरको मूल्य १० प्रतिशतले वृद्धि भएको छ। त्यस्तै सामुदायिक लघुवित्त, सप्तकोशी विकास बैंक, सिन्धु विकास बैंक, सुपरमादी हाइड्रोपावर, ग्रीन डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, रिभरफल्स पावर, आत्मनिर्भर लघुवित्त, र त्रिशुली जलविद्युतका सेयर मूल्य पनि क्रमशः ७.८ प्रतिशतदेखि १० प्रतिशतसम्म बढेका छन्।सपोर्ट माइक्रोफाइनान्सको मूल्य ५.०२ प्रतिशत, जानाकी फाइनान्सको ३.६ प्रतिशत, नेपाल टेलिकमको ३.२ प्रतिशत र पोखरा फाइनान्सको मूल्य ३.१ प्रतिशत घटेको छ।

कारोबार रकमको आधारमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, न्यादी हाइड्रोपावर, हिमालयन डिस्टिलरी, कर्पोरेट डेभलपमेन्ट बैंक र एनआरएन इन्फ्रास्ट्रक्चर प्रमुख कम्पनीहरू रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?