ट्रेंडिंग:

>> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना

महेशपुरमा नयाँ भन्सार प्रमुखः होला त सधै तस्करी कम ?

१६ पुष २०८१, मंगलवार
१६ पुष २०८१, मंगलवार

नवलपरासी, १६ पुस ।
जिल्लास्थित महेशपुर भन्सारमा नयाँ भन्सार प्रमुख हाजिर भएपछि सीमा क्षेत्रमा कडाई भएको छ । सीमा क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण गर्न दुई साता पहिला नयाँ भन्सार प्रमुख विकास उपाध्याय सक्रिय भएर लागि परेपछि अहिले सिमा क्षेत्रबाट चोरी तस्करीमा नियन्त्रण भएको स्थानीयले जनाएका हुन् ।
लक्ष्य घटाउँदै जाँदा पनि लक्ष्य अनुसारको राजस्व संकलन हुन नसक्दा अहिले सिमा क्षेत्रमा हुने तस्करी रोक्न नयाँ राजस्व प्रमुख लागि परेको छन् । नयाँ–नयाँ आएको भन्सार प्रमुख उपाध्याय अहिले आफै राती राती सीमा क्षेत्रमा निगरानी बढाएपछि सीमा क्षेत्रमा हुने गरेको चोरी तस्करी रोकिएको एक स्थानीयले बताए । चोरी तस्करी नियन्त्रणमा भन्सार प्रमुख उपाध्याय सक्रिय भएपश्चात सिमावर्ती प्रहरीहरू पनि चोरी तस्करी नियन्त्रणमा लागेका छन्, उनले भने, जिल्ला प्रशासन कार्यालयले पनि चोरी तस्करी नियन्त्रणका लागि सिमावर्ती सबै शसस्त्र प्रहरीका बेस क्याम्पस, गुल्म तथा नेपाल प्रहरीका चौकीहरू तस्करी रोक्नमा सक्रिय देखिएका छन् । यसले चोरी तस्करी रोकिएको आभास भइरहेको छ । तर यो चोरी तस्करी कहिलेसम्म रोकिएला भन्ने आशंका पनि स्थानीयको उस्तै रहेको छ । उनको सक्रियताले निरन्तरता पाउँछ या पाउँदैन भन्ने हेर्न बाँकी छ ।
भन्सार कार्यालयले विगत पाँच महिनाको तुलनामा मंसिर महिनाको लक्ष्य अनुसार ७७ प्रतिसत राजश्व संकलन गरेका छन् । जुन भन्सार रकम रु.१ करोड ३६ हजार ८ सय ४७ रहेको छ । जबकी मासिक लक्ष्य रु.१ करोड २९ लाख १७ हजार रहेको थियो । त्यसै गरि कार्तिक महिनाको लक्ष्य रु.१ करोड २२ लाख ६३ हजार रहेकोमा १ सय १ प्रतिसत अर्थात १ करोड २४ लाख ९६ हजार ५ सय १४ रुपिया राजस्व संकलन भएको थियो । असोज महिनाको लक्ष्य १ करोड २२ लाख २७ हजार भएकोमा लक्ष्यको १ सय ५९ प्रतिसत रकम रु.१ करोड ९५ लाख १ हजार ६ सय ४३ संकलन भएको थियो । भदौ महिनाको लक्ष्य १ करोड २९ लाख ७ हजार रहेकोमा लक्ष्यको ५१ प्रतिसत मात्र रु. ६६ लाख ७३ हजार ८ सय १३ रुपिया र साउन महिनाको लक्ष्य १ करोड १७ लाख २९ हजार रहेकोमा लक्ष्यको ८८ प्रतिसत रकम रु.१ करोड ४ लाख ११ हजार २ सय ५२ रुपिया राजस्व संकलन भएको देखिन्छ । जस्को पाँच महिनाको कुल लक्ष्य ६ करोड २० लाख ५७ हजार रहेकोमा लक्ष्यको ९५ प्रतिसत रकम रु.५ करोड ९१ लाख २० हजार रकम राजस्व संकलन भएको छ ।
विगतमा कर्मचारी सेटिगँले तसकरी गराउँदा राजस्व घटेको कुरा सार्वजनिक भएपछि भन्सार प्रमुख प्रमुख बुद्धिकुमार चुडालको सरुवा भएको थियो । सो नाकाबाट बर्षेनी उठ्ने राजस्व लक्ष्य घट्दै ओरालो लाग्नु प्रहरीको मिलोमतो कारण तस्करी बढेर मात्रै नभई भन्सार कर्मचारीको तस्करसँग सेटिगँले गर्दा राजश्व हस हुने गरेको रहस्य सार्वजनिक भए भए पनि प्रमुख चुडालको सरुवा पछि अहिले उपाध्याय हाजिर भएका छन् । उनीलाई पनि प्रभावमा ल्याउन तस्करी टोली भित्र भित्र लागीरहेको स्थानियले बताए । तत्कालिन भन्सार प्रमुख चुडालको कार्यशैली ठिक नभएको स्थानीय र प्रहरी अधिकृतहरूले समेत गुनासो गर्दै आएका थिए । भन्सार कर्मचारीले प्रहरीले बरामद गरेका मालबस्तुको लिलाम गर्दा स्थानीय केही ब्यापारीको सिण्डिकेट गराई टेण्डर हाल्न नदिईने र फेरी फेरी मूल्यांकन घटाउँदै थोरै रकममा लिलाम गराई रहेको रहस्य खुल्न थालेको समाचारहरू सार्वजनिक भएको थियो ।
एकै दिनमा तिन–तिन पटक सुचना टास गरि मूल्यांकन घटाउने गरिएको थियो । पहिलो पटकमा लिलाम भएन भने २० प्रतिसतसम्म मूल्यांकन घटाईन्छ, दोश्रो पटकमा १० प्रतिसत मूल्यांकन घटाइन्छ, भागबण्डाको सेटिड्ड नमिलेसम्म त्यो क्रम जारी रहन्छ । अन्तिममा लिलाम सकार भएपछि कर्मचारी र गुण्डाहरूले राजस्वमा घटेको रकमबाट भागबण्डा मिलाउँछन् । ब्यापारीहरूले सस्तोमा भन्सार सामग्री पाउँछन्, जुन उनीहरूको खरिद सरहको स्टक मिलाउछन्, तिनै स्टकको अधिकारिक विक्रि नभएसम्म तिनै कागजपत्र देखाएर तस्करी गरि नै रहन्छन् ।
सिमाक्षेत्रमा हुने चोरी तस्करी, बनस्पती (प्लान्ट) क्वारेन्टाईन अभाव तथा थोरै जनशक्तिका कारणले पनि भन्सारबाट उठ्ने राजस्व ओरालो लाग्ने गरेको भन्सार कार्यालयले दाबी गर्दै आएको छ । तर विगतमा भन्सार राजस्व वृद्धि हुँदै २७ करोडसम्म उठदा पनि क्वारेन्टाईन थिएन् । भन्सारको तथ्याँक अनुसार आर्थिक बर्ष २०७६/०७७ मा १४ करोड ६० लाख राजस्व उठाउने लक्ष्य राखेकोमा लक्ष्यको ८९.३६ प्रतिसत १३ करोड ४ लाख ६२ हजार राजस्व संकलन गरेको थियो । आ.ब. ०७७/०७८ मा २६ करोड ७० लाख ५४ हजार लक्ष्य राखेर १०२.२३ प्रतिसत २७ करोड ३० लाख २१ हजार राजस्व संकलन गर्न सफल भएको थियो ।
राजस्वमा लक्ष्य भन्दा बढि संकलन गरि हौसिएको भन्सार कार्यालयले आ.ब.०७८/०७९ मा ४५ करोड ६० लाख ६९ हजार लक्ष्य राख्दा बर्ष भरिमा लक्ष्यको ४८.९७ प्रतिसत २२ करोड ३३ लाख ४५ हजार मात्र राजस्व उठाउन सक्यो । राजस्व ओरालो लाग्दा भन्सार कार्यालयले आ.ब.०७९/८० का लागि राजस्व लक्ष्य नै घटाउदै ३३ करोड २६ लाख ६१ हजार राखेर राजस्व संकलन गर्दा झन राजस्व उठ्ने दर घटेर ३२.२८ प्रतिसत १० करोड ७३ लाख ८८ हजार राजस्व संकलन गर्न सक्यो । त्यसले गर्दा आ.ब.०८०/०८१ मा पुनः राजस्व संकलन लक्ष्य घटाएर १६ करोड ३५ लाख ८५ हजार बनाई राजस्व संकलन गर्दा ९२.४१ प्रतिसत १५ करोड ११ लाख ८० हजार राजस्व संकलन गरेको तथ्याँक छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?