Butwal Today

पेट्रोल, डिजेलको मूल्य बढ्यो

१६ पुष २०८१, मंगलवार
अ+
अ-

काठमाडौँ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

निगमले मंगलबार सूचना प्रकाशित गरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेलमा दुई रुपैयाँ बढाएको हो।

बढेको मूल्य मंगलबार मध्यरातिदेखि लागू हुनेछ। एलपी ग्यासको मूल्य भने हाल यथावत राखिएको छ।