ट्रेंडिंग:

>> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने

तालतलैया संरक्षणमा कहिले जान्छ ध्यान ?

१६ पुष २०८१, मंगलवार
१६ पुष २०८१, मंगलवार

आफ्नो क्षेत्राधिकारभित्रको तालतलैया संरक्षण गर्ने अधिकार सम्वन्धित पालिकाहरूले पाएपनि वेवास्ता गर्दा अधिकांश तालतलैया पुरिँदै गएका छन् । प्रदेशका केही पालिकाहरूले ताल तलैया र सिमसार क्षेत्रको संरक्षणमा चासो पनि दिएका छन र काम समेत सुरु गरेका छन । तर, केही पालिकाले भने तालतलैया पुरिँदै र लोप हुँदै जाँदा समेत चासो देखाएका छैनन् । लुम्बिनी प्रदेश सरकारले समेत प्रदेशका तालतलैया संरक्षण गर्न हरेक बर्ष बजेट विनियोजन गर्दै आएको छ । प्रदेशले चासो दिएपनि सम्वन्धित क्षेत्रमा रहेका पालिकाहरूले चासो नदिने हो भने प्रदेशको बजेट सहीरूपमा कार्यान्वयन हुन नसक्ने अवस्था देखिएको छ । लुम्बिनी प्रदेशमा दर्जनौं त्यस्ता ऐतिहासिक तालतलैया छन, जो लोप हुँदै गएका छन । तालतलैया संरक्षण गर्नेतर्फ न त संघीय सरकार, न प्रदेश सरकार र न त पालिकाहरूले नै अहिलेसम्म भित्री तहबाट चासो देखाएका छन । औपचारिकताका लागि बजेट विनियोजन गर्ने, संरक्षणका नाममा खर्च गर्ने र पछि फर्केर पनि नहेर्ने प्रवृत्तिले सरकारी पैसाको दुरूपयोग बढिरहेको छ । प्रदेश सरकारकै पहलमा कपिलबस्तुको महाराजगञ्ज भिल्मीमा रहेको ऐतिहासिक अजिगरा ताल संरक्षणको पहल भएको थियो । अहिले भने प्रदेश सरकारको वेवास्तापछि ताल अभिभावकविहीनजस्तै बनेको छ । यसैगरी पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा रहेको पाल्हिनन्दन ताल पनि अहिले पहिचान गर्नै समस्या पर्ने अवस्था छ । ताल सुक्दै गएपछि स्थानीय बासिन्दाले घाँस र बुट्यान काटेर खेती गरेका छन् । यो ताल पहिले सय बिगाहामा फैलिएको थियो । अहिले लोप हुँदै गएको छ । पाल्पा तानसेनको प्रभास तालको अवस्था पनि त्यस्तै छ । त्यहाँ घर ठडिँदै छन् । प्रभास क्षेत्रलाई मनमोहक बनाउने उक्त ताल घटेर पोखरीमा परिणत हुने क्रममा छ । राष्ट्रिय ताल संरक्षण विकास समितिले सन् २०२१ मा प्रकाशन गरेको प्रतिवेदन अनुसार सन् १९९२ यताका २०÷२२ वर्षमा लुम्बिनी प्रदेशका मधेसका जिल्लामा १०४४ वटा ताल मासिएका छन् । नेपालभरमै सबैभन्दा बढी ताल मासिएको जिल्ला कपिलबस्तु यही प्रदेशमा पर्दछ । त्यहाँ सो अवधिमा कपिलबस्तुमा ३२७ वटा ताल मासिएका थिए । नवलपरासीकै पाल्हीनन्दन गाउँपालिका वडा नं. ६ को ८२ बिगाहा नामको अर्काे तालको पनि नाम निशाना नै छैन् । ताल क्षेत्रमा स्थानीय बासिन्दाले खेतीवाली लगाइरहेका छन् । बिडम्वना के छ भने बचेका तालहरू पनि खुम्चिँदै र मासिँदै गएका छन् ।
रूपन्देहीमा रहेको ऐतिहासिक गैडहवा र दानापुर तालको संरक्षण गरिएपनि कछुवा गतिको संरक्षणले पर्यटक आकर्षित गर्ने अवस्था छैन । गैडहवा गाउँपालिकामा रहेको गैडहवा ताल र कञ्चन गाउँपालिकामा रहेको दानापुर तालको संरक्षणका लागि पालिकाले चासो दिएका छन तर बजेटको अभावमा बर्षेनी गरिने संरक्षणको कामले तालको विकासले खासै गति लिएको छैन । पिकनिक खाने स्थलको रूपमा ख्याती कमाएको दानापुर तालले अहिले चरा अवलोकन तथा तालमा डुङ्गा खियाउन जान्ने पर्यटकहरूका लागि महत्वपूर्ण गन्तव्यका रूपमा परिचित छ । उक्त तालको अवलोकन तथा स्थानीय चराहरूको दृष्यावलोकन तथा घुमफिर गर्न भनेरै दैनिक दुईसय बढीको संख्यामा पर्यटकहरू आउने गरेका छन ।
दानापुर ताल पर्यावरणीय हिसावले निकै महत्वपूर्ण रहेको र सिमसार क्षेत्र समेत भएकाले कैयौ प्रजातिका चराहरूको वसोवास रहेको स्थानका रूपमा परिचित छ । ९२ बिगाहा क्षेत्रफलमा फैलिएको तालमा स्थानीय लोकल माछाहरू पाइनुका साथै बोटिङ गरेर पर्यटकहरूले दृष्यावलोकन गर्ने गरेका छन । तर अहिले उक्त ताल फोहरले भरिएको छ । तालतलैया संरक्षण गरिएमात्रै जैविक विविधता संरक्षणमा सहयोग पुग्छ । तसर्थ प्रदेश सरकार र स्थानीय पालिकाहरूले यो क्षेत्रमा चासो दिएर काम अघि बढाउनु आवश्यक छ । निश्चितरूपमा सिमसारको हिसावले समेत महत्वपूर्ण रहेका तालतलैयाको संरक्षणमात्रै होइन, त्यहाँ पाइने जलचरको पनि उचित संरक्षण गर्नु जरुरी छ । त्यसमा स्थानीय पालिकाहरूको सवैभन्दा बढी ध्यान पुग्नु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?