Butwal Today

ताप्लेजुङ-काठमाडौं उडान ठप्प, यात्रुलाई समस्या

१६ पुष २०८१, मंगलवार
अ+
अ-

काठमाडौं।

नेपाल वायुसेवा निगमका दुईवटा जहाज बिग्रिएपछि ताप्लेजुङ-काठमाडौं उडान ठप्प भएको छ। सातामा पाँच वटासम्म उडान हुने ताप्लेजुङमा जहाज बिग्रिएर थन्किएपछि यात्रुहरूले समस्या भोगिरहेका छन्।

ताप्लेजुङसहित छिमेकी जिल्लाका यात्रुलाई अब झापाको भद्रपुर र विराटनगर जानुपर्ने भएको छ, जहाँबाट उनीहरूले काठमाडौंको उडान लिनुपर्नेछ। यसले विशेष गरी बिरामी, वृद्धवृद्धा र असक्त व्यक्तिहरूलाई बढी समस्या हुने गरेको छ।

ताप्लेजुङ-काठमाडौं उडान नेपाल एयरलाइन्सले मात्र सञ्चालन गर्दै आएको थियो।