ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

गुरुङ समुदायले बुटवलमा भव्यरुपमा मनाए ल्होसार

१६ पुष २०८१, मंगलवार
१६ पुष २०८१, मंगलवार

बुटवल, १६ पुस ।
“तमु थात थलोको सरक्षण र सम्बर्धनका लागि मौलिक पहिचानको आहवान, सरकारी कामकाजी भाषा तमु भाषा घोषणका लागि तमुवानको आन्दोलन” भन्ने मुल नाराका साथ तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद रुपन्देहीले गुरुङहरुको महान पर्व सप्र्हि ल्हो(सर्प वर्ग)२०८१ ल्होसार भव्य रुपमा सम्पन्न गरेको छ ।

कार्यक्रमको उदघाटन बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले गरेका थिए । त्यस अवसरमा उनले ल्होसार पर्वले गुरुङ जातिहरुको भाषिक पहिचान भेषभुषा, संस्कार, संस्कृतिलाई जोगाई राखेको र यी यस्ता कार्यक्रमले पक्कै पनि जातीय भाषिक पहिचानमा टेवा पुग्ने बताए । स्थानीय सरकारले आदिवासी जनजातिका भाषिक पहिचान गर्न तालिमका लागि बजेट छुट्ट्याएकाले त्यसलाई सहकार्य गरेर उपयोग गर्नु पर्ने र अब स्थानीय सरकारको नागारिक बडा पत्रमा गुरुङ भाषालाई राख्नका लागि गुरुङ समुदायबाट नै पहल गर्नु पर्ने उनले बताए ।

गुरुङ समुदायबाट आफू पनि एकदमै नजिक रहेकाले पछिल्ला पुस्ताले यी यस्ता संस्कार , संस्कृतिहरुलाई संरक्षण गर्दै लैजानु पर्ने पाण्डेले बताए । हामी सबैले सबैको संस्कार,संस्कृतिलाई सम्मान गर्नु पर्ने र गुरुङहरुको मृत्यु पश्चायत अन्त्येष्टि गरिने समाधी स्थल गुरुङ डांडा पुग्ने बाटो निर्माणका लागि उपमहानगर पालिकाबाट अघिल्लो बर्ष केही बजेट बिनियोजित गरेको पनि नगरप्रमुख पाण्डेको भनाइ छ ।

कार्यक्रममा तमु ह्युल छोज् धि गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश प्रमुख झप्पट गुरुङ, नेकपा बिप्लव समुहका जिल्ला अध्यक्ष बिरेन्द्र सिंह, जसपाका जिल्ला कोषाध्यक्ष सुनिता खडलु, नेपाल कम्युनिष्ट पार्टी एमालेका जिल्ला उपसचिव बाबुराम पन्थी, गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय सदस्य दिपक गुरुङ, सल्लाहकार अशोक गुरुङ, नगर समितिका अध्यक्ष बुद्धि प्रसाद गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा राष्ट्रिय लोक दोहोरी गायक मिलन गुरुङको साङ्गितिक प्रस्तुतीका साथै स्थानीय कलाकारहरुले गुरुङ गितमा नृत्य प्रस्तुत गरेका थिए ।

परिषदका जिल्ला अध्यक्ष बिमला गुरुङ र तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश प्रमुख झप्पट गुरुङ, केन्द्रीय सदस्य दिपक गुरुङले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने समाजसेविहरुलाई खादा र प्रमाण पत्रले सम्मान गरिएको थियो ।

तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद बुटवल नगर समितिले छात्रवृत्ति सहयोगार्थ खोलिएको भाग्यशाली राफल चिठ्ठामा ३२ हजार राशीको प्रथम पुरस्कार एलइडि.टि भि इट्टाभट्टिका सानु गुरुङले प्राप्त गरेका छन् । कार्यक्रममा जिल्ला अध्यक्ष बिमला गुरुङ, उपाध्यक्ष गंगा गुरुङ, सचिव आशा गुरुङलगायतले पनि आफ्नो धारणा राखेका थिए ।

त्यसैगरी गुरुङहरुको धार्मिक संस्था तमु प्ये ल्हु संघ बुटवल नगर समितिले पनि गुरुङहरुको महान पर्व सप्र्ही ल्हो (सर्प बर्ग)३२२७७ औ तमु ल्होसार २०८१ बेलबास– १५ पहेले भित्तामा रहेको धार्मिक संस्था कोँहिबो धीँ प्राङ्गणमा विविध गुरुङ संस्कार, संस्कृती झल्किने साँस्कृतिक कार्यक्रम सहित भव्य रुपमा सम्पन्न गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?