Butwal Today

स्कलर्सलाई क्यानन सेभेन ए साईड ईन्टर कलेज फुटबलको उपाधि

१५ पुष २०८१, सोमबार
अ+
अ-

बुटवल, १५ पुस । बुटवलमा सम्पन्न क्यानन सेभेन ए साईड ईन्टर कलेज फुटबल टुर्नामेन्टको उपाधि स्कलर्स होम एकेडेमीले चुमेको छ । सिद्धेश्वर खेलमैदानमा सोमबार भएको फाईनलमा नवीन माबिलाई २–० गोल अन्तरले पराजित गर्दै स्कलर्स होम एकेडेमीले उपाधि चुमेको हो । उपाधिसंगै स्कलर्सले नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । उपविजेता नवीन भने नगद ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो ।

निक्कै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा स्कलर्सका शुसान्त थापाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यसैगरि दोस्रो हाफमा स्कलर्सकै बिक्कि थापाले अर्को गोल थपे । रिबाउण्ड बललाई थापाले डिबक्सभित्रबाट आकर्षक गोल गरे । फाईनल खेलमा स्कलर्सका सुसान्त थापा क्षेत्री म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

प्रतियोगितामा स्कलर्सका नविन मर्सांगी उत्कृष्ट गोलकिपर, सुमित पुलामी हाई स्कोररबाट पुरस्कृत भए । नबिनका मानस थकाली सर्वोत्कृष्ट खेलाडी बने ।

एक कार्यक्रमका बिच रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन, क्यानन बोर्डिङ स्कुलका अध्यक्ष थानेश्वर पौडेल, संस्थापक सदस्य डोलराज पाण्डे, क्याननका प्रधानाध्यापक शंकर भण्डारी, ईसिए प्रमुख मीनराज गिरीले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा रुपन्देहीका २६ टिमले प्रतिस्पर्धा गरेको खेल संयोजक सुमन गिरिले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?