Butwal Today

आजको मौसम : तराईमा हुस्सु, पहाडी भूभागको मौसम आंशिक बदली

१५ पुष २०८१, सोमबार
अ+
अ-

काठमाडौँ ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ।

जसको प्रभाव स्वरुप यतिबेला (सोमबार बिहान) देशका पहाडी भूभागको मौसम आंशिक बदली छ। तराईका थोरै स्थानमा अहिले हुस्सु र कुहिरो लागिरहेको छ। त्यसैगरी देशका उपत्यका क्षेत्रका केही स्थानमा पनि हाल हुस्सुस लागेको छ।

देशका बाँकी भूभागको मौसम मूख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

हुस्सु र कुहिरोको कारण दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ।

कस्तो होला भोलि र पर्सीको मौसम?