ट्रेंडिंग:

>> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

विद्यार्थी कम हुँदाः ताला कुर्दैै प्राविधिक शिक्षालय

१५ पुष २०८१, सोमबार
१५ पुष २०८१, सोमबार

लमही, १५ पुस ।

एक पालिका, एक प्राविधिक शिक्षालय“ को अवधारणा नेपाल सरकारद्वारा सामुदायिक स्तरमा प्राविधिक र व्यावसायिक शिक्षा प्रवद्र्धन गर्न लागू गरिएको कार्यक्रम हो । यो अवधारणा २०७५ साल देखि लागू गरिएको थियो । यसको मुख्य उद्देश्य स्थानीय स्तरमा दक्ष जनशक्ति प्रत्येक स्थानीय तहमा प्राविधिक शिक्षा प्रदान गरेर समुदायको आर्थिक र सामाजिक विकासमा योगदान पु¥याउँछ भने ग्रामीण क्षेत्रका युवाहरूलाई सस्तो र पहुँचयोग्य शिक्षा प्रदान गर्नु हो ।

यद्यपि प्राविधिक शिक्षामा विद्यार्थीको घट्दो आकर्षण, शिक्षालयको अनियन्त्रित विस्तार, र कमजोर नेतृत्वले देशको प्राविधिक शिक्षण प्रणाली संकटमा परेको छ । लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्रीले जन्मजय तिमिल्सिना प्रदेश सरकार समृद्धिको दिशामा कार्यरत रहेको बताउँदै प्राविधिक शिक्षामा देखिएका समस्याहरूले नीति निर्माण र कार्यान्वयनमा गम्भीर त्रुटि देखिन्छ ।

कहि बर्ष विद्यार्थी संख्या स्थिर रहे अनि शिक्षालय थप्ने होडबाजि र उच्च शिक्षा हासिल गर्न बिदेश जाने वा अन्य बिषयमा पलटुमा आकर्षक हुदा शिक्षालय खाली हुन थालेका हुन ।

सीटीईभीटी (प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्) ले सार्वजनिक गरेको तथ्यांकले २०७५ सालदेखि २०७९ सालसम्म विद्यार्थी संख्या करिब स्थिर रहेको देखाउँछ। तर शिक्षालयको संख्या भने तीव्र रूपमा बढ्दै गएको छ । २०७५ मा ९३८ कार्यक्रमबाट २३,८६४ विद्यार्थी भर्ना भए भने २०७९ मा १,३७६ कार्यक्रम सञ्चालन हुँदा पनि विद्यार्थी संख्या २५,००० आसपासमै सीमित छ। लुम्बिनी प्रदेशमा मात्र १ सय ७६ प्राबिधिक शिक्षालय रहेको प्राबिधिक शिक्षा तथा ब्यबसाय तालीम परिषद लुम्बिनी प्रदेश कार्यालय रूपन्देहीले जनाएको छ ।

प्रदेश कार्यालयका सूचना अधिकृत राजु भुसालका अनुसार ११ आङगिक, ७४ निजि ,५ साझेदारी र ८६ सामुदायिक बिधालय प्राबिधिक रहेका छन । पछिल्लो समयमा ती प्राबिधिक शिक्षालयमध्ये केहिमा विद्यार्थीको सख्या घटेको केही बन्द हुने अबस्थामा पुगेका छन । हुनत अन्य कलेजहरू पनि बन्द हुने अबस्थामा रहेका छन लमही नगरपालिका ÷३ बनगाउमा रहेको पृथु साइन्स कलेज बन्द भएको कलेजका प्रिन्सिपल प्रदीपराज शर्माले बताए । उनका अनुसार सो कलेजमा पहिलो बर्ष २८ दोस्रो देखि सातौ सम्म भरिभराऊ ५० का दरले आठौमा ३६ नवौमा २२ दसौमा १७ एघारौं मा ९ बाह्रौं मा ० तेरौंमा ० भएको बताए यो उदाहरण मात्र हो ।

पाठ्यक्रम र शैक्षिक व्यवस्थापनको खोटले विद्यार्थीलाई निराशा थपिरहेको छ । केहि महिना अघाडी प्रकाशित द्वितीय सेमेस्टरको परीक्षामा मात्र ५ प्रतिशत विद्यार्थी उत्तीर्ण हुनुले पाठ्यक्रमको व्यावहारिकता र शिक्षण पद्धतिमा गम्भीर प्रश्न उठाएको छ।मुख्य समस्याहरू र समाधानका उपाय पाठ्यक्रम सुधार न्यूनतम शैक्षिक योग्यता भएका विद्यार्थीलाई ध्यानमा राखेर डिजाइन गरिएका पाठ्यक्रममा अत्यन्त जटिल विषय राखिनु नै प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण घट्नुको मुख्य कारण हो। पाठ्यक्रम सरल, व्यावहारिक र सीपमूलक बनाउन आवश्यक छ।त्यसै गरी अनावश्यक रूपमा शिक्षालय थप्नुको सट्टा गाउँगाउँमा फैलिएका शिक्षालयलाई मर्ज गरी विशेष स्थानमा छात्रावासको व्यवस्था गर्ने नीति ल्याइनु पर्छ । यसले स्रोतको प्रभावकारी प्रयोग र गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्न सहयोग पु¥याउँछ ।

सीटीईभीटीले नयाँ शिक्षालयका लागि अनियन्त्रित रूपमा सम्बन्धन बाँड्ने कार्य तुरुन्त रोक्नुपर्ने शिक्षा बिद बताउँछन । २०८० सालमा मात्र ८० नयाँ शिक्षालयलाई सम्बन्धन दिइएको प्राबिधिक शिक्षा तथा ब्यबसाय तालीम परिषद लुम्बिनी प्रदेश कार्यालय रूपन्देहीले जनाएको छ । जसले प्राविधिक शिक्षा जोगाउन नेतृत्व संवेदनशील नभएको प्रस्ट देखाउँछ ।

हालका शिक्षालयबाट पास भएका विद्यार्थी बेरोजगार छन् । राज्यले पेड भोलेन्टियर प्रोग्राममार्फत विद्यार्थीलाई स्थानिय तह र सरकारी निकायहरूमा परिचालन गर्न सक्ने व्यवस्था गर्नुपर्छ । भने सीटीईभीटी र शिक्षा मन्त्रालयले अलग–अलग तरिकाले प्राविधिक शिक्षा सञ्चालन गर्दा अन्योलता सिर्जना भएको देखिन्छ ।

एउटै प्रणालीबाट शिक्षा सञ्चालन गरी समानता र स्पष्टता ल्याउनु जरुरी छ।देशलाई आवश्यक प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्थापना भएको संस्थालाई पुनर्जीवित गर्न पाठ्यक्रम सुधार, शिक्षालयको संख्या नियन्त्रण र रोजगार सुनिश्चिततामा ध्यान दिनु अपरिहार्य छ । सरकारको दायित्व भनेको नीतिगत सुधारका माध्यमबाट शिक्षालाई प्राविधिक समृद्धिको दिशामा अघि बढाउनु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?