ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

बौद्ध धर्मको प्रचारले पर्यटनमा जगाएको आशा

१५ पुष २०८१, सोमबार
१५ पुष २०८१, सोमबार

पछिल्लो समय बौद्ध धर्मबारे विश्वमा चासो बढ्दै गएको छ । बौद्ध शिक्षालाई पूर्वमा धार्मिक एवम् सांस्कृतिक अभ्यासको रूपमा लिँदैगर्दा पश्चिममा भने जीवन ज्यूने कलाको रूपमा लिन थालिएको छ । मानव अधिकार, समानता, पर्यावरण संरक्षण, दीगो विकास, पर्याप्त अर्थशास्त्र, खुसी अर्थशास्त्र, ‘इन्गेज बुद्धिजम’, जातीय समानताजस्ता विषयहरूमा बौद्ध शिक्षाको व्यवहारिकतालाई प्राथमिकता दिन थालिएको छ । एसिया, अमेरिका एवम् युरोपका अधिकांश विश्वविद्यालयहरूमा बौद्ध शिक्षाको अध्ययन, अध्यापन र अनुसन्धानको क्रम बढ्दै गएको छ । यस सन्दर्भमा बुद्धको जन्मस्थल लुम्बिनी विश्वको लागि आकर्षणको केन्द्र बन्ने सम्भावना बढ्दै गएको छ । पछिल्लोसमय अमेरिका र युरोपमासमेत बौद्ध धर्मावलम्बीहरूको सङ्ख्या बढ्दै गएको कुरा तथ्याङ्कले देखाएको छ । अमेरिकामा कूल जनसङ्ख्याको करिब १ प्रतिशत बौद्ध धर्मावलम्बीहरू पुगिसके भने युरोपमा करिब २ प्रतिशत छन् । आधुनिक समयमा दोस्रो विश्वयुद्धपछि युरोपेली औपनिवेशमार्फत् बौद्ध धर्म प्रसारित भयो । त्यतिमात्र होइन, विश्वव्यापिकरणका कारण एसियाबाट बसाइसराइ भई अमेरिका र युरोप पुगेका बौद्धहरूमार्फत् पनि बौद्ध धर्म प्रसारित भएको छ । खास गरी सन् १९५९ मा चीनले चिब्बतअतिक्रमण गरेपश्चात् तिब्बतीय शरणार्थीहरूको बसाइसराई र दलाइ लामाको विश्वव्यापी प्रवचनका कारण पनि बौद्ध धर्मले पश्चिमा मुलुकहरूमा प्रसारित हुने मौका पाएको हो । त्यसैगरी भारत र चीनबीचको युद्ध (सन् १९५०–१९६०) ताका भियतनामी आप्रवासीहरूले पनि बौद्ध धर्मको फैलावटमा ठूलो योगदान गरेका छन् ।

श्रीलङ्कामा बौद्ध विद्वान र क्रिश्चियन पादरी विचको शास्त्रास्त्रमा बौद्ध विद्वान गुणानन्दले विजय प्राप्त गरेपश्चात् पश्चिमा मुलुकमा बौद्ध धर्मप्रति जिज्ञासा बढ्दै गयो । त्यसैगरी सन् १८७८मा एड्विन अर्नाेडले ‘द लाइट अफ एसिया’ नामक पुस्तक प्रकाशन गरे । यो पुस्तक निकै लोकप्रिय भयो । पहिलो प्रिन्टपछि पनि अझैसम्म यो पुस्तक निरन्तर छापिँदै आएको छ । यो पुस्तक अमेरिका र युरोप पुगेपछि त्यहाँ बुद्ध धर्मबारे थप चासो बढ्दै गयो । सन् १८८० मा आएर थियोसोफिकल सोसाइटीका संस्थापकद्वय युरोपेली पृष्ठभूमिका अमेरिकी दार्शनिक हेनरी स्टिल अल्कोट र रसियन विद्वान हेलेना पेट्रोना ब्लाभात्कि श्रीलङका पुगे र त्यहाँ बौद्ध धर्मबाट प्रभावित भएर भिक्षुत्व ग्रहण गरे । त्यसैगरी सन् १९९३ मा श्रीलङ्काका अनागरिक धम्मपालले सिकागोमा विश्व धर्म सम्मेलनमा बौद्ध धर्मबारे प्रभावशाली प्रवचन दिए । उनको यस प्रवचनले पनि पश्चिमा मुलुकमा बौद्ध धर्मको प्रसारमा थप टेवा दियो ।

पछिल्लो तथ्याङ्क अनुसार विश्वको कूल जनसङ्ख्याको ६.६ प्रतिशत मानिसहरू बौद्ध धर्म मान्दछन् । यस हिसाबले बौद्ध धर्मावलम्बीहरूको जनसङ्ख्या करिब ५१ करोड हुन आउँछ । जसमा अधिकांश जनसङ्ख्या चीन, मंगोलिया, थाइल्याण्ड, म्यानमार, लाओस र कम्बोडियामा रहेका छन् । सन् २०१९ मा अमेरिकामा रहेको ‘पेव रिसर्च सेन्टर’ले गरेको एक अध्ययनमा एसियाली क्षेत्रमा बौद्ध धर्म नमाने पनि बुद्धका शिक्षा र संस्कार आदि अगाल्नेहरू प्रसस्त रहेको बताएको छ । बुद्ध शिक्षाले ईश्वरलाई नमान्ने र अनित्य, अनात्म र दुःखजस्ताजस्ता विषयलाई वैज्ञानिक ढङ्गले विश्लेषण गर्ने भएकाले अमेरिका र युरोपमासमेत बौद्ध धर्मको लोकप्रियता बढ्दै गएको छ । यसै सन्दर्भमा बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गर्नु बौद्ध मार्गीहरूका लागि निकै महत्वको विषय भएकाले बौद्ध धर्मको प्रसारले नेपालको पर्यटनमा सकारात्मक प्रभाव देखिने कुरामा आशावादी बन्न सकिन्छ ।

पर्यटकको तथ्याङ्क हेर्ने हो भने कोभिड १९ को महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ विदेशी पर्यटकहरू नेपाल आएकोमा सन् २०२० मा विदेशी पर्यटकको संख्या ८१ प्रतिशतले कमी आई २ लाख ३० हजार ८५ मा खुम्चिएको थियो । विश्वभरि कोरोना महामारीको प्रभाव कम हुँदै गएको हुँदा कोभिडअघि सुस्ताएको पर्यटन क्षेत्रमा पछिल्लो समय केही आशा पलाएको छ । गत वर्ष तेश्रो मुलुकबाट १० लाख १४ हजार ८७४ पर्यटकहरू नेपाल भित्रिएका छन् । यस्तो सङ्ख्याले पर्यटनको क्षेत्रमा केही आशा जगाए पनि लुम्बिनी आउने पर्यटकको सङ्ख्या भने अत्यन्त न्यून रहेको छ । कूल पर्यटक आगमनमा साढे ७ प्रतिशत हाराहारी मात्रै लुम्बिनी आउने गरेको देखिएको छ । सन् २०२३ मा तेश्रो मुलुकबाट ७६ हजार २१० जना पर्यटक लुम्बिनी आएका छन् । जबकि सन् २०१९ मा ११५ मुलुकबाट गरी एकलाख ७४ हजार १५ जना पर्यटक लुम्बिनी आएका थिए ।

सरकारको चालू बजेट हेर्ने हो भने १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । त्यसैगरी सन् २०२३ देखि २०३३ लाई पर्यटक दशकका रूपमा मनाउने घोषणा पनि गरेको थियो । यस अवधिमा ३५ लाख पर्यटक भित्र्याउने सरकारको योजना छ । सरकारको यस्तो महत्वकांक्षी योजनालाई लुम्बिनीलगायत अन्य बौद्ध क्षेत्रको प्रवर्धन र प्रचार प्रसार गर्ने हो भने विश्वमा बौद्ध धर्मको बढ्दो प्रसारणका कारण सहजरूपमा यस्तो लक्ष्य भेट्न सकिने सम्भावना बढ्दै गएको छ ।

बौद्ध ध्यान विपश्यनाको लोकप्रियताका कारण पनि बौद्ध धर्म र यस दर्शनका विषयमा जान्न खोज्ने जिज्ञासुहरूको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । यही सन्दर्भमा बुद्धको जन्मस्थल लुम्बिनी हुनुले नेपालमा बौद्ध पर्यटनको प्रसस्त सम्भावना रहेको देखिन्छ । यसका साथै गौतम बुद्धभन्दा पहिलेका बुद्धहरू कनकमुनि बुद्धको जन्मस्थान निग्लिहवा र क्रकुछन्द बुद्धको जन्मस्थल निग्लिहवा पनि नेपालमा रहेको पवित्र बौद्ध तीर्थस्थलहरू हुन् । यतिमात्र नभएर बज्रयान बौद्ध धर्म परम्परा अनुसार आदि बुद्ध मानिएको स्वयम्भूका कारण पनि नेपालमा बौद्ध पर्यटनको प्रसस्त सम्भावना देखिएको हो । पञ्चबुद्धको अवधारणा बोकेको नेवारी बज्रयान बौद्ध धर्मले विश्वका महायान, बज्रयान एवम् तिब्बती बौद्ध धर्मको समेत ध्यान केन्द्रित गरेको छ । यस अवधारणाबारे बुझ्न, ध्यान र अध्ययन अनुसन्धान गर्न पनि नेपाल महत्वपूर्ण बौद्ध पर्यटकीय क्षेत्र बन्न सक्दछ । लुम्बिनी पुरातात्विक वस्तुहरू मात्र नभएर ध्यान, ज्ञान र शान्तिको त्रिवेणी पनि हो । लुम्बिनी बौद्ध विश्व विद्यालयको स्थापनासँगै यो क्षेत्र बौद्ध इतिहाँस, संस्कृति, साहित्य र दर्शन अध्ययनको केन्द्र पनि बनेको छ । लुम्बिनीलाई तिलौराकोट, देवदह र रामग्रामसँगै जोडेर बौद्ध तीर्थस्थल एवम् वृहत्तर लुम्बिनीको रूपमा प्रचार प्रसार गर्नु आवश्यक छ । बौद्ध पर्यटनका लागि यी क्षेत्रलाई उच्च प्राथमिकता दिई पर्यटकको आगमनका साथै बसाइ अवधि लम्ब्याउने प्रयास गर्नु बौद्ध पर्यटन विकासका निम्ति नगरी नहुने काम हुन् ।

नेपालको हिमाली क्षेत्रमा करिब ९० प्रतिशत मानिसहरू बौद्ध धर्म मान्दछन् । यस क्षेत्रमा तिब्बती बौद्ध धर्मसँग नजिक रहेर विभिन्न चाड पर्व मनाइने गरिन्छ । थामे विहार अर्थात् तेन्बुचे गुम्बामा मनाइने मनिरिन्दु पर्व होस् वा माक्स डान्स, यिनले पर्यटनको मन जितेका छन् । त्यसैले त यस क्षेत्रमा पर्यटकको घुइँचो लाग्दछ । त्यतिमात्र होइन, हिमाल आरोहण गर्नेहरू पनि यस गुम्बामा पहिला ३ दिनसम्म पूजा गरेर मात्र आरोहण सुरु गर्ने गर्दछन् । यसका साथै हिमाल चढेर फर्किंदासमेत पूजा गर्ने चलन छ । हिमाली क्षेत्रमा यस्ता कैयौँ गुम्बाहरू छन्, जुन एतिहाँसिक र पूरातात्विक एवम् सांस्कृतिक दृष्टिले निकै महत्वपूर्ण छन् । यी गुम्बाहरूको यस्तो महत्वका विषयमा प्रचार प्रसार गर्ने हो भने नेपाललाई बौद्ध पर्यटनका लागि महत्वपूर्ण गनतब्य मूलुकको रूपमा स्थापना गर्न सकिन्छ । नेपालले पर्यटनको विकासका निम्ति पर्यटन पूर्वाधारको विकास गर्दै पर्यटन शिक्षा, बजारीकरण र कुटनैतिक पहललाई समेत ध्यान दिनु पर्दछ । स्थलमार्ग हुँदै भारतबाट आउने पर्यटकहरू प्राय एक रात पनि नबसी दिनभरी लुम्बिनी घुमेर फर्किने गरेको अभ्यास छ । यसलाई रोक्न र कम्तिमा पनि एक रात पर्यटकलाई यहाँ रोक्न लुम्बिनीसँगै कपिलवस्तु, रामग्राम र देवदहको महत्व र गरिमाबारे प्रचारप्रसार गर्नु आवश्यक छ । विश्वमा बौद्ध शिक्षाप्रतिको चासो बढ्दै जानु बौद्ध पर्यटनको सम्भावना बढ्दै जानु हो । तर, त्यस्तो सम्भावनालाई यथार्थ बनाउन राज्यद्वारा बौद्ध धर्म, कला, संस्कृति र सम्पदाहरूको संरक्षण, सम्बर्धन र प्रवद्र्धन गर्नु आवश्यक छ । साथै पर्यटनका निम्ति आवश्यक पूर्वाधारहरू पनि बलियो बनाउनु जरुरी छ । खासगरी बौद्ध सम्पदाहरू रहेको ठाउँमा त्यहाँका स्थानीयहरूमा बौद्ध धर्मप्रतिको जागरण ल्याउनु पनि उत्तिकै आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?