© २०२३
बर्दघाट, १५ पुस ।
बर्दघाट उद्योग वाणिज्य सँघद्वारा आयोजना गरिएको आठौँ बर्दघाट महोत्सवमा विशेष आकर्षणको रूपमा आर्टिफिसियल फिस टनेलको प्रदर्शन गरिएको छ। यस महोत्सवमा नयाँ उत्पादन र प्रविधिहरूको प्रदर्शनीका साथै मेला अवलोकनकर्तालाई नयाँ अनुभव प्रदान गर्ने उद्देश्यले फिस टनेल राखिएको थियो। यस टनेलमा विभिन्न प्रजातिका माछाहरू राखेर प्रदर्शन गरिएको छ, जसले कञ्चन पानीमा तैरिरहेका माछाहरूको दृश्य देख्नको लागि दर्शकलाई आकर्षित गरेको छ।
फिस टनेलमा माछा तैरिरहेको देख्नका लागि युवा र बच्चाहरूको ठूलो भीड लागेको थियो। यस प्रकारको आर्टिफिसियल फिस टनेल भनेको विदेशी महोत्सवहरूको सन्दर्भमा नयाँ प्रयोग हो, र यसले महोत्सवमा नयाँ आकर्षणको केन्द्र बनाएको छ। सामाजिक मिडियामा यस्ता दृश्यहरू देखिएका थिए, र दर्शकहरू यसलाई प्रत्यक्ष देख्नको लागि उत्साहित भएका थिए।
सामाजिक मिडिया र युट्यूबमा यस प्रकारका आकर्षणहरू देखेर महोत्सवमा फिस टनेल हेर्नका लागि आएका दर्शकहरूले यसलाई एक विशेष अनुभवको रूपमा लिनु भएको छ। एक युवतीले भनिन्, “महोत्सवमा सानै भएपनि यो प्रत्यक्ष देख्न पाउँदा खुशी लाग्यो।”
बर्दघाट उद्योग वाणिज्य सँघका उद्योग उपाध्यक्ष टेक बहादुर बुढाथोकीले भने, “महोत्सवमा नयाँपन ल्याउनका लागि आर्टिफिसियल फिस टनेललाई प्राथमिकता दिइएको हो।”
यो महोत्सव बर्दघाट हरियाली नगर स्थित बर्दघाट मण्डपमा पुष ८ गतेदेखि १८ गतेसम्म जारी रहनेछ, जसमा विभिन्न सांगीतिक कार्यक्रम, मनोरञ्जनात्मक गतिविधिहरू र प्रदर्शनीहरू समावेश गरिएको छ।