ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

देश निर्माणका लागि दुई दलको सहकार्य : महासचिव पोखरेल

१५ पुष २०८१, सोमबार
१५ पुष २०८१, सोमबार

दाङ ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले दुई ठूला दल मिलेर देश विकासमा गतिशीलता कायम गर्न खोज्दा सरकार ढल्छ भनेर गलत प्रचार गरेर भ्रम छर्न खोजेको बताएका छन् ।

नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारी, केन्द्रीय पार्षद, प्रदेश पार्षद तथा सदस्यहरुलाई घोराहीमा सोमबार आयोजित सम्मान तथा साक्षात्कार कार्यक्रममा महासचिव पोख्रेलले देश अस्थिरताको दलदलमा फस्न लागेको बेला दुई ठूला दल एमाले( कांग्रेसको सहकार्यमा देशले गति लिन खोजेको देख्दा अराजकता चाहनेहरु सरकारको भविष्य बारे बोल्नु बेमौसमी बाजा मात्रै भएको जिकिर गरे । सत्ता छाड्नु परेको पीडालाई प्रतिपक्षी दलले सरकारको भविष्य बारे बोल्नुको कुनै तुक नरहेको उनको भनाई थियो ।
यस्तै उनले देशले अझै पनि अपेक्षा गरिए अनुसार गतिलिन नसकेको बताए । लामो समय संकट, निराशा र चुनौतिका बिचबाट गुज्रिएको बेला दुई ठूला दलले सत्ता सम्हालेपछि देशले लय समातेपनि गतिलिन अझै समय लाग्ने बताए ।
ञप्रचण्ड सरकारबाट मुलुकको हित हुन नसक्ने देखेपछि दुई ठूला दल मिलेर सरकार अघि बढेको बेलामा पनि जनता सन्तुष्ट हुने गरि काम अझै हुन सकेको छैन । तर, अहिले सुधारका केही संकेत देखा परेको छझ उनले भने , ञलामो समय मुलुकको विकासमा गम्भीर असर परेका कारण अहिले नतिजा आउने गरि सुधार हुन नसकेको हो । बिस्तारै लयमा फर्किने अवस्थामा पुगेको छ ।झ
दुई ठूला दल मिलेर सरकार संचालन गरेको ४ महिनामा राजस्व १७ प्रतिशत बढेको, दायित्व भुक्तानी दिने कामको थालनी भएको बताउँदै पुरक बजेटबाट बाँकी बिल भुक्तानी दिने प्रकृया अघि बढेको बताए ।
यस्तै, आर्थिक तरलता घटाउन सरकारले कोशिस जारी राखेको हुँदा व्यवसायीले ढुक्कसँग लगानी गर्न अपिल गरे ।
अहिलेका दलहरु देशको चुनौति कसरी सामना गरेर निकास खोज्ने विषयमा अत्यन्तै गम्भीर ढंगले योजनावद्ध रुपमा अघि बढेको बताए । उनले संविधान संशोधनका लागि सबैको सहमतिमा काम गर्ने गरि अघि बढ्ने तर यसमा हतार नगर्ने बताए । ञहामी देश र जनताको भलो हुने जायज कुरामा अघि बढ्छौँ । अनावश्यक कुरामा अल्झिन्नौँ ।
शक्ति पृथकीकरण,अधिकार प्रत्यायोजन, कानुनको समीक्षा हुनेछ। कानुन बनाउँदा कानुनले नै कानुन कार्यान्वयनमा कतिपय ठाउँमा समस्या देखिने गरेको छ। बाधक कानुन र दोहोरो कानुन एकीकृत गरेर जाने र अनावश्यक कानुन खारेज हुनेछझ उहाँले भन्नुभयो ञदेश विकास र सुशासनका लागि अब कुनु कुन विषयमा कानुन बनाउनुपर्ने छ त्यो प्राथमिकतामा रहनेछ । शासकीय स्वरुप सुधारका लागि ६ सदस्यीय कमिटीले काम गरिरहेको छ । यति मात्रै होईन, सुशासनका लागि हरेक मन्त्रालयमा संयन्त्र निर्माणको अवस्थामा रहेको छ।झ
पछिल्लो राजनीतिक घटना क्रमबारे बोल्दै महासचिव पोखरेल नैतिक धरातल बिर्सिएर गलत काम गर्ने माथि राज्यले प्रतिसोध साँधेको भन्नू गलत रहेको टिप्पणी गर्नु गरे ।

उनले महासंघको सदस्यता सुद्धिकरण अभियान भद्दा भएको भन्दै सच्याउन आग्रह गरे। ञहिजोका दिनमा कोही भनसुनका आधारमा, सामाजिक सञ्जालमा लेखेका आधारमा पत्रकार हुने अवस्था बन्यो भने कोही पत्रकारितामा जीवन बिताएकाहरु बाहिरिनु पर्यो, यो अवस्था किन भयो, समिक्षासहित सुधार गर्न जरुरी छझ,उनले भने ।पत्रकारिता कमजोर बनाउने अधार बन्नु हुदैन । यो सच्याउन अबको नेतृत्वले सोच्नुपर्छ र सच्याउनु पर्छझ ।
नेकपा एमाले दाङको प्रचार तथा प्रकाशन विभागको आयोजनामा भएको कार्यक्रममा केन्द्रीय सचिव सविन प्रियासनले दाङले एकताको सन्देश दिएको भन्दै यसबाट लुम्बिनीको मिडिया थप बलियो बनाउने गरि अभियान अघि बढाउने बताए ।

नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीले महासंघ र मिडियामा आच आउन नदिने गरि जिम्मेवारी पूर्वक भुमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए ।
प्रेस चौतारी दाङका अध्यक्ष प्रेमबहादुर राम्जाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव किरण गौतमले गरेका थिए ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?