ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

थारु साँस्कृतिक पार्कको ब्यवस्थापनमा सकृय स्थानीय

१५ पुष २०८१, सोमबार
१५ पुष २०८१, सोमबार

नवलपरासी , १५ पुस ।
जिल्लाको सरावल २ मनरी स्थित थारु साँस्कृतक पार्कको ब्यवस्थानमा स्थानिय सक्रिय भएका छन् । थारुहरूको महान चाँड माघी अर्थात (खिचडी महोत्सव) लाई लक्षित गरि पार्क ब्यवस्थापनमा स्थानीय जुटेका हुन् ।
विगत डेढ दशक देखि स्थानीय श्रीराम युवा प्रष्ठिानको सक्रियतामा हुँदै आएको खिचडी महोत्सव यो बर्ष अझै विस्तारित बनाउने लक्ष्य सहित महोत्सवको तयारी भइरहेको प्रतिष्ठानका अध्यक्ष चक्रपाणी चौधरीले जानकारी गराए । स्थानीय स्तरबाट शुरु भएको खिचडी महोत्सव अहिले जिल्लामै पहिचान बनाएको छ, उनले भने, अझ यसलाई विस्तारित बनाउने लक्ष्य लिएका छौ । विद्यालय स्तरमा पनि खिचडी महोत्सवबारे निबन्ध लेखन तथा वक्तृत्वकला प्रतियोगिता समेत गरिने छ । यसले बालबालिकामा यसको अध्ययन र ब्याख्यात्मक कलाको विकास हुने उनको भनाई थियो ।
विगतमा वृक्षरोपण गर्दै अगाडि सरेका मनरीका थारु महिलाहरू अहिले सो वृक्षारोपण भित्र रुख विरुवाको सजावटमा लागेका छन् । गाँउका विभिन्न सांस्कृतिक समूहहरू पनि तयारीमा लागेका छन् । वृक्षरोपण गरेर सार्वजनिक जग्गाको संरक्षण गरिएको थियो, जुन अहिले एक सुन्दर महमोहक पार्कमा रूपान्तरित गर्न स्थानीय थारु महिलाको झण्ड सक्रिय बढेको छ । पहिला खिचडी महोत्सव जनता मावि मनरीको चौरमा मनाईने गरिएको थियो, अध्यक्ष चौधरीले भने, गत बर्ष सो महोत्सव सुन्दर पार्क क्षेत्रमा सारिएको थियो । यो बर्ष अझै यसले ब्यापकता बनाउन पाउँदा थारु महिलाहरू खुशी ब्यतm गरेका थिए ।
पार्कको रूपमा विकसित गरि थारु संस्कृतिको केन्द्र बनाउनमा तल्लिन थारु महिलाहरू निस्वार्थ भावले सरसफाई तथा सजावटमा लागेका छन् । विद्यालय देखि झण्डै ७ मिटर पश्चिम उत्तर भलुही खोला किनारमा निर्माणाधिन उतm पार्कमा यो बर्ष देखि खिचडी महोत्सव तथा माघी मेला हुने भए पछि स्थानिय पार्क ब्यवस्थापनमा गर्दै आकर्षण थप्नमा लाग्ने गरेका छन् । थारु समुदायको संस्कृति र संस्कार झल्किने गरि थारु साँस्कृतिक पार्क निर्माणमा गाउपालिकाले चाँसो लिएर काम गर्दै आएको छ । विद्यालय परिसर अस्थाई हो,उनले थपे,तर यो पार्कमै उतm मेला लगाउदा पार्कको पनि प्रवद्र्धन हँुदै जानेछ । मेलामा बनाईने धेरै जसो थारु ंस्कृति झल्किने खालको पूर्वाधारहरू स्थाई रूपमा पार्क भित्रै सुरक्षित र संक्षक्षित पनि हुने भएको छ । यसले गाउलेमा उत्साह समेत बढाएको छ ।
थारु बाहुल्य रहेको सरावल गाउपालिकाले थारुको संस्कार र संस्कृति झल्किने गरि पार्कको निर्माणको लागि सम्भाब्यता अध्ययन गरि उतm स्थानलाई चयन गरेको गाउपालिका अध्यक्ष सुखाडी चौधरीले बताएका थिए । पार्कका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पनि निर्माण भई सकेको छ, उनले भने, डिपिआर अनुसार स्थायी संरचनाहरू बनाउदै जान्छौ । सोही थारु सांस्कृतिक पार्क भित्रै थारु एकेडेमी सञ्चालन गर्नका लागि सोही क्षेत्रका संघिय साँसद तथा पूर्व मन्त्री ध्रुव बहादुर प्रधानले बजेट समेत विनियोजन गरेको जानकारी गराएको बताउँदै उनले छिट्टै सो काम पनि हुने उनले विश्वास ब्यतm गरे । यति छोटो समयमै थारु साँस्कृति पार्कमा स्थानियको आकर्षण बढेको छ ।
पार्कलाई नै लक्षित गरि नजिकै स्थानिय नागेन्द्र चौधरीले आफ्नो निजी करिब १० कट्ठा जग्गामा रिसोर्ट समेत निर्माण गर्दै छन् । खिचडी महोत्सवकै अवसरमा उनले सो रिसोर्टको शुभारम्भ समेत गर्ने उनको भनाई थियो । अहिले पार्कको सरसफाई तथा रुख विरुवा सजाउने कार्य भई रहेको छ । थारुको परम्परागत खपडाका घर टहरा पनि प्रदर्शनीका लागि त्यहाँ निर्माण भई रहेका छन् । खेलकुदका लागि पनि खेलमैदान बनाउने कार्य पनि भई रहेको छ । मेला विस्तार हँुदै जादा सो महोत्सव लम्बिन सक्ने र खिचडीलाई मात्रै लक्षित गर्नु भन्दा थारुको संस्कार र संस्कृति झल्किने र नियमित रूपमा थारु संस्कृतिको अध्ययन अवलोकन गर्न सक्ने गरि स्थायी स्थानको आवश्यकता महशुस भएर स्थानको खोजी गर्नु परेको थियो । थारुसँगसँगै अन्य समुदायले पनि थारुबारे अध्ययन अनुसंधान गर्न सकुन, नियमित मनोरन्जन, रमाईलो, शान्त मनोरम दृष्यावलोकन गर्न सकुन भनि उदेश्यले थारु साँस्कृतिक पार्कको परिकल्पना गरिए अनुसारका काम शुरु भई रहेका छन ।
मनरी गाउँ नजिकै भलुही खोला किनारमा रहेको वृक्षरोपण क्षेत्रलाई पार्कको रूपमा विकास गर्ने स्थानियबासीले स्थान देखाएका थिए, उनले भने, यसका लागि वृक्षरोपण गर्ने समूहसँग गाउँपालिकाले छलफल गरेर योजना अगाडी बढाएको हो । उनीहरूकै सहमतिमा सो वृक्षरोपण क्षेत्र नजिकै थारु साँस्कृतिक पार्क बनाउन सम्भावना देखिएको छ । यसका लागि प्रारम्भिक अध्ययन गरिएको छ, उनले थपे, वृक्षारोपण गर्ने समुह र स्थानीयबासीको सहमति भएमा गाउँपालिकाले लगानी गर्न सक्छ । डिपिआरका लागि आवश्यक बजेट गाउँपालिकाले विनियोजन गर्दै अन्य लुम्बिनी प्रदेश सरकार र संघिय सरकारबाट पनि माग गर्नका लागि सम्बन्धित साँसदहरूसँग पहल गर्दैछ । करिब ८ विघा जग्गा भलुही खोला किनारमा रहेको छ । त्यसमा अधिकाँस भागमा वृक्षरोपण भएको छ । रुखहरू पनि हुर्कि सकेको छ । वरिपरि कुलो, खोला र जलासय समेत रहेको छ ।
यसले पनि पार्कका लागि आधा संरचना बनि बनाउन जस्तै रहेको छ । पार्क जोड्ने गरि पुल पनि निर्माण अन्तिम चरणमा पुगेको छ । जन्म देखी मृत्यु परान्तसम्मको संस्कार र संस्कृतिक झल्किने गरि पुर्वाधारहरू बनाईने छ । त्यस बाहेक पनि मिनि जु हुने गरि पनि सो क्षेत्रमा ब्यवस्थापन गर्न सकिन्छ । यसले नियमित रूपमा पार्क सञ्चालनका लागि सहज हुने छ । पार्क भित्रै मेला महोत्सव हुने गरि पार्कको ब्यवस्थानले आकर्षण थप्ने छ । जिल्ला भित्र कहिँ पनि थारु साँस्कृति पार्क नभएको हुँदा यसप्रति जिल्ला भरिकै लागि आकर्षणको केन्द्र विन्दु हुने विश्वास गरिएको भनाई अध्यक्ष चौधरीको रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?