ट्रेंडिंग:

>> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श 

चिसोबाट प्रभावितको सुरक्षा र पूर्व तयारी

१५ पुष २०८१, सोमबार
१५ पुष २०८१, सोमबार

तराईमा यो बर्ष अझै कडाखालको शितलहर चलेको छैन । शितलहर नचलेपनि चिसो भने बढेको छ । चिसोले विशेषगरी बालबालिका तथा वृद्धवृद्धाहरू प्रभावित भएका छन् । वृद्ध वृद्धा र बालबालिकाहरूमा चिसोको कारण दम, रुघाखोकी, निमोनियाजस्ता समस्या देखिएको छ । त्यसले च्याप्न थालेपछि स्वास्थ्य संस्थाहरूमा बिरामीको चाप बढ्न थालेको छ । त्यसैले चिसोबाट बच्न पूर्व सतर्कता अपनाउन जरुरी छ । तराईमा यो बर्ष शितलहरको कहर अझै सुरु भैसकेको छैन । तर, दिनभरी लाग्ने कुहिरोको कहरको पूर्व तयारीमा ध्यान दिनु चाहिँ जरुरी छ । त्यसो त हरेक वर्ष निश्चित महिनामा अत्यधिक जाडो हुने तथा तराई क्षेत्रमा शीतलहरको प्रभावले जनजीवन प्रभावित हुने थाहा भए पनि जाडोबाट बच्नको लागि आवश्यक तयारी नगर्दा जनजीवन बढी प्रभावित हुने गरेको छ । कतिपय अवस्थामा भने जाडोबाट बच्न सामान्य सावधानी नअपनाउँदा पनि जनधनको क्षति पुगेको देखिन्छ । चिसोमा आगो ताप्ने बेलामा समेत सचेतता नअपनाउँदा यो मौसममा आगलागीका घटनासमेत बढ्ने गरेको छ । चिसोको समयमा लाग्ने रोगहरू र त्यसबाट बच्चे उपायका बारेमा सचेतना फैलाएमा पनि यो मौसममा हुने स्वास्थ्य समस्याबाट धेरै जोगाउन सकिन्छ । चिसोका कारण किसानले लगाएको हिउँदे खेतीमा समेत नोक्सान भइरहेको छ । तुसारोले फलफूल तथा अन्य तरकारी खेतीमा असर परेको छ । चिसोको कारण बिहान सबरैदेखि साँझ अबेरसम्म कामकाजमा व्यस्त रहनेहरूको दैनिकी पनि प्रभावित भएको छ । चिसोकै कारण शहर बजारमा रहेका व्यापारिक केन्द्रहरूमा पनि साँझ–बिहान चहलपहल घटेको छ । तुलनात्मकरूपमा आर्थिक अवस्था कमजोर भएका विपन्न वर्गहरू यो समयमा अझ बढी प्रभावित हुने गर्छन् । मौसम अनुसार चिसो बढ्नु स्वाभाविक भएपनि यसमा पूर्व सतर्कता अपनाउँदा चिसोबाट नागरिकलाई सुरक्षित राख्न सकिन्छ । पश्चिम तराईमा हिउँद लागेपछि पानी नपरेको लामो समय भयो । सम्बन्धित सरकारी निकाय र संघ संस्थाहरूले पनि नागरिकलाई चिसोबाट जोगाउने कार्यक्रम एवं योजना ल्याउनुपर्छ । प्रकृतिजन्य समस्या भएकाले चिसो कसैले रोक्न तथा छेक्न त सक्दैन, तर पूर्वतयारी गर्न सकियो भने क्षति न्यूनीकरण गराउन भने अवश्य सकिन्छ । बेलैमा सचेत भएर चिसोबाट बच्ने र बचाउन सकिने विकल्पबारे सोच्नुपर्छ । यतिखेर पहाडी जिल्लाका तुलनामा तराईका जिल्लामा चिसोको समस्या धेरै छ । अव केही दिनमै तराईमा शितलहर सुरु हुने मौसमबिदहरूले जानकारी दिएका छन । तसर्थ पूर्व सावधानीमा जोड दिनु जरुरी छ । जाडोमा एकसरो कपडासमेत किन्न नसक्ने र रातीमा ओढ्ने ओछ्याउन नहुँदा दुःख पाएका नागरिक सबैभन्दा धेरै पीडामा छन् । यो समयमा उनीहरूलाई गास, बास र कपासको उचित प्रबन्ध गर्न कुनै कसर बाँकी राख्नु हुँदैन । असहाय नागरिकको संरक्षक राज्य भएका कारण उनीहरूलाई चिसोबाट जोगाउने अभिभारा पनि राज्यले बहन गर्नुपर्छ । सरकारसंगै मानव सेवामा लागेका धार्मिक, सामाजिक संघ संस्थाहरू र आर्थिकरूपले सम्पन्न नागरिकले पनि यतिबेला मानवता प्रदर्शन गरेर चिसो पीडितहरूलाई सघाउनुपर्छ ।
यो बर्ष सरकारले अहिलेसम्म त्यस्तो कुनै योजना सार्वजनिक गरेको छैन । तर, अव भने ढिलाई गर्नु हुँदैन । गत असोजमा गएको बाढी पहिरो प्रभावितहरू अझैपनि टहरामा बसिरहेका छन । उनीहरूको त्रिपालमुनीको बासले प्रभावितहरू विभिन्न स्वास्थ्य समस्याबाट पीडित छन । सवैभन्दा बढी सुत्केरीहरू प्रभावित भैरहेका छन । उनीहरूलाई विभिन्न संघ संस्थाहरूले अस्थायी आवास बनाई दिएपनि दिर्घकालीन बासस्थानको व्यवस्थापन हुन सकेको छैन् । सरकारले जाडो अघि उनीहरूको व्यवस्थापन गर्ने भनेको हो तर त्यो भएन । अवको दिनमा प्रभावितहरूको उचित प्रवन्ध मिलाएर उनीहरूलाई चिसोबाट बचाउनेतर्फ राज्यको ध्यान जाओस् । सरकारले आश्वासन दिनेमात्रै होइन, बोलेको कुरा पूरा गरेर देखाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?