ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

विदेश पलायन रोक्ने योजना ल्याउ

१४ पुष २०८१, आइतबार
१४ पुष २०८१, आइतबार

वैदेशिक रोजगार विभागका अनुसार मंसिर महिनामा मात्रै ८४ हजार २२६ जनाले श्रम स्वीकृति लिएका छन् । यसैगरी प्रत्येक महिना बैदेशिक रोजगारीमा जानेको संख्या बढ्ने हो भने नेपाल युवाविहीन हुने हो कि भन्ने चिन्ता उत्पन्न भएको छ । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दो छ । विभागका अनुसार कात्तिक महिनामा ७० हजार ९९० जनाले श्रम स्वीकृति लिएका थिए । यस आधारमा कात्तिक महिनाको तुलनामा मंसिर महिनामा झन्डै १४ हजार जनाभन्दा बढीले विदेश जानका लागि श्रम स्वीकृति लिएका हुन् । विदेश जाने लर्को यही रफ्तारमा बृद्धि हुने हो भने अवको केही बर्षमा नेपाल युवाविहीन हुने र बुढाबुढीको देशमात्रै बन्ने हो कि भन्ने चिन्ता उत्पन्न भएको छ । नेपालीहरूले अहिले एकसय बढी देशमा काम गर्न श्रम स्वीकृति लिएका छन् । यो तथ्याँकले के देखाएको छ भने नेपालीहरूको रोजगारीको गन्तब्य अव खाडी मुलुकमात्र होइन, युरोपसहितको एकसय बढी देश भएका छन् ।

कामका लागि पलायन हुनेको संख्या उच्च हुँदा शिक्षा हासिल गर्न विभिन्न मुलुक जानेको संख्या पनि उत्तिकै छ । विडम्बना के हो भने सरकारले मुलुकमा रोजगारीको अवसर सिर्जना गर्न सकेको छैन् । जसका कारण विदेश जानेको संंख्या निरन्तर उकालो लागिरहेको छ । दिनहुँ दुई हजार बढीले आफ्नो मातृभूमि छोड्न बाध्य भैरहेका छन । यो युवाहरूका लागि रहर होइन बाध्यता हो । सरकार रोजगारी दिन सक्दैन, न सहज विदेश जाने वातावरण मिलाउन सक्छ । राहदानी लिँदादेखि म्यानपावरले दिने दुःखको कुरा गरिसाध्य छैन । म्यानपावरले १५ देखि एक महिनाभित्र उडाउँछौं भनेर डकुमेन्ट र पैसा लिन्छ । तर, तीन महिनासम्म पनि उडाउँदैन् । यता, ऋणको ब्याज बढेको बढ्यै गर्छ । विदेश जाने कहिले हो ? अत्तोपत्तो हुँदैन । खाडी छिर्ने अधिकांशले साहुसँग एक लाखको मासिक पाँचदेखि ३० हजार रुपियाँसम्म ब्याज तिर्छु भनेर ऋण लिएका छन् । बेलैमा म्यानपावरले विदेश नपठाइदिँदा उनीहरू मर्कामा पर्छन् । सरकारले बैदेशिक रोजगारीमा भन्दा नेपालमै श्रम गरेर वस्ने वातावरण मिलाउन सकेको छैन । सरकार नै म्यानपावर खोलेर बसेका दलालहरूको पक्षमा देखिदै आएको छ । अनि जनताले कहाँबाट सेवा–सुविधा पाउँछन् ? नेपालमा आर्थिक मन्दी र बेरोजगारीकै कारण भएभरका युवाको गन्तब्य विदेश बन्दैछ । स्वदेशमै बसेर केही गर्छु भन्नेलाई पनि वातावरण छैन् । सरकार भन्छ– युवा पिँढीलाई विदेश जानबाट रोक लगाउनुपर्छ । तर, सरकारको भनाइ एकातिर छ, गराई अर्कोतिर । युवापुस्तालाई मुलुकमै रोक्न सरकारले कुनै पहल गरेको छैन् । नेपालको दक्ष जनशक्ति सबै बाहिर गएपछि मुलुक कसले बनाउने ? चिन्ता उत्पन्न हुनु स्वाभाविक छ । मुलुकको दक्ष जनशक्ति विदेश पलायन भैरहँदा पनि सरकारले चिन्ता समेत ब्यक्त गर्दैन । अर्को चिन्ता के छ भने पछिल्लोसमय नेपाली नागरिकता त्याग्नेको संख्या ह्वात्तै बढेको छ । अमेरिका, अस्ट्रेलिया, क्यानडा लगायतका मुलुक पुगेका अधिकांश नेपालीले उतै घर किनेका छन् । नेपालको सम्पत्ति बेचबिखन गरेर उतै लैजादैछन् । यसले नेपाल झनपछि झन गरिव बन्दै जाने हो कि भन्ने चिन्ता बढेको छ । सरकारले देशमा रोजगारीको सिर्जना कसरी गर्ने ? सरकारी सेवा–सुविधा कसरी छिटोछरितो बनाउने ? भन्ने भन्दा पनि उद्योगी व्यवसायीलाई करको नाममा कसरी निमोठ्ने ? जनतालाई सेवा–सुविधाको नाममा करमा कसरी बाँध्ने ? जनताबाट उठाएको पैसामा भ्रष्टाचारको तारतम्य कसरी मिलाउने भन्ने ध्यान मात्रै छ । सरकारले नेपालमा यो काममा प्रोत्साहन ग¥यो भन्ने कोही कसैको मुखबाट सुन्न पाईदैन । अनि देशमै वस्ने वातावरण कसरी बन्छ ? सरकार धेरै ढिला भैसक्यो, अवपनि नसोचे कहिले सोच्ने हो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?