ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

सहकारीको कोसेली घर संचालन योजना

१४ पुष २०८१, आइतबार
१४ पुष २०८१, आइतबार

सल्यान, १४ पुस ।
सल्यानको कपुरकोट कृषि सहकारी संस्थाले पशुपालन तथा तरकारी खेतीमा सवा ३ करोडभन्दा बढी रकम लगानी गरेको छ । संस्थाले उत्पादनमुखी क्षेत्रलाई प्राथमिकता दिँदै कृषकहरूको आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्यसहित कृषि क्षेत्रमा ३ करोड ३१ लाख ३१ हजार ५५१ रूपैयाँ लगानी गरेको हो ।
शनिबार कपुरकोटमा आयोजित १७ औं वार्षिक साधारणसभामा सहकारीका अध्यक्ष मधुसूदन गिरिले प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक बर्ष २०८०/०८१ मा ५८ लाख ९२ हजार ७२५ रूपैया आम्दानी गरेको उल्लेख गरे । यसमध्ये ३५ लाख ७७ हजार २५९ रूपैया कपुरकोट कृषि सहकारी संस्थाको एक बर्षको अवधिमा खर्च भएको छ भने खुद नाफा २३ लाख १५ हजार ४६६ रूपैया रहेको छ ।
सहकारीको कुल पुजि ३ करोड ६८ लाख ७७ हजार ६०५ रूपैया रहेको अध्यक्ष गिरीले जनाए । गत आर्थिक बर्षमा सहकारीले १ करोड ४८ लाख ५० हजार ३३१ रूपैयाँ निक्षेप संकलन गरेको छ भने १ करोड २३ लाख २० हजार १६६ रूपैया वचत फिर्ता गरेको छ ।
साधारणसभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुती सहित सहकारीले गरेको प्रगति र आगामी योजनाबारे जानकारी गराइएको थियो । कपुरकोट गाउँपालिकाभित्र एसइइमा उत्कृष्ट अंक ल्याएर पालिका भित्रकै सामुदायिक बिद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने एक जना छात्र र एकजना छात्रालाइ प्रती बर्ष १२ हजार रूपैयाँको दरले छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरेको छ ।
यस्तै कपुरकोट कृषि सहकारी संस्थाले स्थानीय उत्पादनलाई बजारमा प्रवद्र्धन गर्ने उद्देश्यसहित ‘कोशेली घर’ निर्माण गर्ने भएको छ । कपुरकोट क्षेत्र कृषि उत्पादनमा सम्पन्न क्षेत्रमध्ये एक हो । अचार, जुस, क्यान्डी बनाउनका लागि तालिम समेत संचालन गर्ने र यहाँका कृषकहरूले उत्पादन गरेको तरकारी, दुग्धजन्य सामग्री, मह, अचार, मसला र अन्य स्थानिय उत्पादन बिक्री वितरण र बजार प्रवद्र्धनका लागि कपुरकोट कोसेली घर संचालनको योजना सहकारीले अघि सारेको हो ।
कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले सहकारीले अघि सारेको योजना कोसेली घर संचालनका लागि परामर्श गर्ने बताए । यस्तै कपुरकोट कृषि सहकारी संस्था अब्बल तरिकाले संचालन भइरहेकोमा प्रसंशा गर्दै उनले सहकारीको माध्यमबाट आर्थिक प्रगति गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा कपुरकोट ३ का वडा अध्यक्ष प्रदिप खड्का, ४ का वडा अध्यक्ष मित्रलाल कठायत, सामुदायिक बन उपभोक्ता महासंघका केन्द्रिय सदस्य घनश्याम शर्मा, उद्योग वाणिज्य संघ सल्यानका उद्योग उपाध्यक्ष पलवीर नेपाली, पत्रकार शंकर केसी, कालिका माबि कपुरकोटका प्रअ चुडामणी केसी, जीवनज्योती नमुना मावि रिमका प्रअ भुपाल साहु, बिरेन्द्र मावि गर्पाका प्रअ डिल बहादुर नेपाली, साना किसान कृषि सहकारी संस्था कपुरकोटका अध्यक्ष डम्बर यरी लगायतको सहभागिता रहेको थियो । स्थानीयस्तरमै रोजगारी सिर्जना गर्दै सहकारीले सामुदायिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा सहभागीहरूको छ ।
कपुरकोट कृषि सहकारी संस्थाका उपाध्यक्ष रूपक बुढाका अनुसार कार्यक्रमको सहजिकरण सचिव तुल्सीराम शर्माले गरेका थिए । सहकारीका कोषाध्यक्ष खिमलाल गिरि सहित विभिन्न समिती, उपसमितिका संयोजक, सहकारीका सदस्यहरू, सहकारीका प्रवन्धक लिला यरी तथा अन्य कर्मचारी, स्थानीय कृषक र विभिन्न सरोकारवालाहरूको उपस्थिति थियो । सो अवसरमा सहकारीमा आवद्ध विभिन्न महिला तथा बाल बचत समुहहरूले सांस्कृतिक प्रस्तुती राखेका थिए । २०६५ सालमा स्थापना भएको कपुरकोट कृषि सहकारी संस्थामा १२५६ सदस्य आवद्ध छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?