Butwal Today

सर्वोच्च अदालतमा सबै मुद्दाको सुनुवाइ स्थगित

१४ पुष २०८१, आइतबार
अ+
अ-

काठमाडौं। 

सर्वोच्च अदालतमा आइतबार सबै मुद्दाको सुनुवाइ स्थगित गरिएको छ। यो निर्णय पूर्वन्यायाधीश प्रकाश वस्तीको निधनको शोकमा गरिएको हो।

सर्वोच्च अदालतका प्रवक्ता अच्यूत कुइँकेलका अनुसार, “उहाँको अन्त्येष्टीपछि सर्वोच्च अदालतको पूर्ण बैठकले भर्खरै निधनप्रति शोक व्यक्त गरेको छ,” भने। यस क्रममा पेशी सूची प्रकाशित भएपछि आजका लागि सबै मुद्दाको सुनुवाइ स्थगित गरिने जानकारी दिइएको छ।

तर, सर्वोच्च अदालत बाहेक अन्य उच्च र जिल्ला अदालत तथा न्यायपालिकामा मुद्दाको सुनुवाइ प्रभावित नहुने भएको छ।

पूर्वन्यायाधीश प्रकाश वस्तीको अन्त्येष्टी आइतबार बिहान पशुपति क्षेत्र परिसरको विद्युतीय शवदाहगृहमा गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?