ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

संरक्षणको पर्खाइमा ऐतिहासिक धरोहर

१४ पुष २०८१, आइतबार
१४ पुष २०८१, आइतबार

चन्द्रौटा, १४ पुस ।
“लाहुर ईट्टा, लाहुर शैलीमा निर्मित भएको शिव मन्दिर हो । पुर्खाको पालामा बनेको मन्दिरको अभिलेख अनुसार सन् १२९० मा भोनु र निहाल थिए । उनीहरू निसन्तान रहेका उनी धर्मप्रति आस्थावान थिए । सन्तान नभएपछि धार्मिक प्रवृत्तिका रहेका उनीहरूले जस पाउने हिसाबले पशुपंक्षीका निम्ति ७ वटा मन्दिर २७ वटा कुँवा (ईनार) र २७ वटा पोखरी बनाएर आत्म सन्तुष्टि गरेका थिए ।” : स्थानीय मुक्तेश्वर मिश्रले भने । उनीहरू धर्ममा अति विश्वास गर्ने भएको हुनाले आफ्नो सन्तान नभएपछि आत्मसन्तुष्टि गर्नलाई संरचना निर्माण गरिएको पुर्खाहरूले बताउने गरेका मिश्रको भनाइ छ ।
किंवन्दीका अनुसार करिब ७ सय भन्दाबढी बर्ष पहिले घना थारु बस्ती रहेको थियो । कपिलवस्तुमै बजार लाग्ने ठाउँ नै सिर्सिहवा रहेको हो । जहाँ बजार गर्न दाङ, प्युठान, रोल्पा, अर्घाखाँची लगायतका नागरिक बजार गर्न एक साता पहिले नै कृष्णनगर आएर बस्ने गर्दथे । थारु जमिनदार रहँदै गर्दा तत्कालिन अवस्थामा भारतबाट आएका नागरिकहरूले मूल आदिवासीको रूपमा रहेको थारु जातिहरूलाई सताउने, चन्दा माग्ने जमिन हड्प्ने जस्ता समस्या अत्याधिकरूपमा बढेपछि उक्त स्थान छाडेको थिए ।
पुर्खाका अनुसार कृष्णनगर लगायतका क्षेत्रलाई उर्भरासँगै व्यापारिक केन्द्रको रूपमा विकास गर्न महत्वपूर्ण योगदान रहेको मुक्तेश्वर मिश्रले बताए । उनले भने ः “यो गाउँमा बहुसंख्यक थारु बस्ती थियो ।” मन्दिरको ४ धुर जग्गा रहेको बताउँदै मन्दिर निर्माण गर्ने क्रममा माथि गुम्बा बनाउँदा कालिगढ तल खसेर मृत्यु भएको थियो । त्यसपछि मन्दिरको अवस्था यथावत् रहेको हो । ऐतिहासिक मन्दिर रहेको भएपनि सम्बन्धित निकायको ध्यान जान नसक्दा अवस्था जिर्ण रहेको उनले बताए ।
अन्य मन्दिर, कुँवा र पोखरी कतिपय संरचना पुरातात्विक रहेपनि पुरिएको अवस्था र संरक्षणको अभावमा जीर्ण बन्दै गएको उनको जिकिर छ । शिव मन्दिरको भित्र स्थापना गरिएका कतिपय मूर्ति खण्डित भएको बताउँदै नयाँ मन्दिर मर्मतसँगै मूर्तिको स्थापना गर्नपनि आवश्यक रहेको उनले जनाए । ऐतिहासिक पुरातात्विक महŒव बोकेका स्थालको संरक्षण गर्न नसक्नु विडम्बना रहेको बताउँदै तिनै तहका सरकारलाई संरक्षणमा पहल गर्न मिश्रले आग्रह समेत गरे । जिल्लाको कृष्णनगर नगरपालिका वडा नम्बर–४, सिर्सिहवामा रहेको मन्दिर संरक्षणको अभाव देखिएको छ । यस्तै अर्का स्थानीय साधुप्रसाद उपाध्यायले कृष्णनगर सिर्सिहवामा घना बजार लाग्ने गरेको बताए । पहाडमा बस्ने पहाडी समुदायका नागरिक साता पहिल्यै आउने गर्दथे । उनी हिन्दु धर्मावलम्बीहरूले शिव मन्दिरमा पुजा अराधना गर्ने गरेका उनले बताए । “सिर्सिहवामा मंगलबार हाटबजार लाग्थ्यो । उनीहरू पहाडतिरबाट उत्पादन भएका जडीबुटी, सुन्तला जस्ता वस्तु लिएर कृष्णनगर सिर्सिहवा बजार आउने र यता पाउने नुन, खुर्सानी, तेल, चिनी, चामल जस्ता खाद्य वस्तु किनेर लैजाने गर्दथे ।” उपाध्यायले भने । करिब २००० बर्षतिर बजार कृष्णनगरतिर सरेको जनाउँदै मन्दिर संरक्षण नभएर संरचना कतिपय जिर्ण अवस्थामा रहेको र कतिपय भइ सकेको उनले जानकारी दिए ।
यता लुम्बिनी प्रदेश सभा सदस्य एवं वन तथा वातावरण मन्त्री अर्जुन कुमार केसीले ऐतिहासिक मन्दिर रहेको व्यवस्थापन गर्न आश्यक रहको बताए । अत्यन्तै कलात्मक रहेको मन्दिर रहेको बताउँदै तत्कालिन समयमा थारु बस्ती रहेको उनले जनाए । सो मन्दिरलाई व्यवस्थापन गर्न सके पर्यटकसँगै आम्दानीको पाटोसँगै जोड्न सकिने उनको भनाइ छ । प्रदेश सरकारबाट विकास हुनुपर्छ भन्ने कुरा उठी सकेपछि आफूसहित प्राविधिक टोलीले अनुगमन गरेको बताउँदै भग्नावशेष अवस्थामा परिणत हुने भएकोले प्रदेश सरकारबाट आफूले पहल गर्ने प्रतिबद्धता समेत केसीले जनाए ।
यस्तै कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले मन्दिर कृष्णनगर नगरपालिकाको धार्मिक पर्यटकीय स्थल रहेकोले विकासमा पहल गरेको बताए । यस क्षेत्रको पहिचान झल्काउन टेवा पुग्ने जनाउँदै विकासमा सबैको सहयोग जरुरी रहेको मेयर शाहले जिकिर गरे । स्थानीयका अनुसार संरक्षण गर्न सके आर्थिक, सामाजिक, जस्ता हरेक हिसाबले विकासमा सकारात्मक भूमिका खेल्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?