ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

ममतालाई राईजिङ मेकअप आर्टिस्ट बुटवलको उपाधि

१४ पुष २०८१, आइतबार
१४ पुष २०८१, आइतबार

बुटवल, १४ पुस । सौन्दर्य विधामा उदयमान युवाहरुलाई प्रोत्साहन गर्ने उदेश्यका साथ बुटवलमा आयोजना भएको राईजिङ मेकअप आर्टिस्ट बुटवलको उपाधि ममता रानाले जितेकी छिन । बुटवलमा जारी औद्योगिक व्यापार मेलाको व्युटी फेयर २०८१ अन्तरगत आईतबार सम्पन्न सौन्दर्य तथा संस्कृति प्रदर्शनमा उत्कृष्ट हुदै फिनालेमा इरुम ब्यूटी पार्लरकी रानाले उपाधि चुमेकी हुन । उपाधिसँगै उनले नगद २० हजार पुरस्कार राशी हात पारेकी छन् । उत्कृष्ट १२ जना मेकअप आर्टिस्ट बिच फिनालेमा रानाले मगर संस्कृति झल्कने पहिरन र भेषभुषामा प्रस्तुत भईकी थिईन ।

फस्र्ट रनरअप बन्न सफल सेजल व्युटीहोमकी सेजल प्रधान भने नगद १० हजार रुपैयामा चित्त बुझाईन । लुमी व्युटी होमकी दिपु शाही सेकेण्ड रनरअप बन्दै नगद ५ हजार रुपैयाबाट पुरस्कृत भईन । प्रतियोगितामा मेकप आर्टिस्टहरु श्रेया केसी, फेसन डिजाइनर अनुपा श्रेष्ठ र सामाजिक अभियन्ता कल्पना शिवाकोटीले जुरी मेम्बरको भूमिका निर्वाह गरेका थिए ।

तिलोत्तमा नगरपालिकाको आर्थिक सहयोगमा आयोजना गरिएको व्युटी फेयर २०८१ मा निःशुल्क परामर्श, महिला उद्यमीलाई प्रवद्र्धन, हस्तकलाका सामग्रीहरु बिक्री लगायतका स्टलहरु राखिएको महिला उद्यमी तथा व्युटी फेयर संयोजक रेनु श्रेष्ठले बताईन । बुटवल मेलामा काठमाडौंपछि पहिलो पटक व्युटी फेयरको आयोजना गरिएको संयोजक श्रेष्ठले दाबी गरिन । व्युटी फेयरमा सौन्दर्य कलामा लागेका महिलाहरुका उद्यम तथा अन्य महिला उद्यमीहरुलाई समेत जोडेर १६ वटा स्टलमा उनीहरुको उत्पादनहरु राखिएका छन् ।

मेला घुम्न आउने दर्शकलाई मनोरञ्जनसँगै जीवन जिउने कला र ध्यानबारे समेत जानकारी गराउँदै आइएको व्युटी फेयरकी संयोजक श्रेष्ठले बताइन् । पेभेलियन अन्तरगत स्किन केयर, हेयर केयर र सौन्दर्यसंग सम्बन्धित विषयमा सेवासंगै विषयविज्ञले परामर्श समेत प्रदान गर्दै आएका छन् । यहाँ छाला, कपाल तथा नङ श्रृङ्गार तथा सजावटमा प्रयोग गरिने राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीका उत्पादनहरु विक्रिका लागि राखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?