ट्रेंडिंग:

>> गुल्मीमा जीप दुर्घटना हुँदा एकजना मलामीको मृत्यु, ८ जना घाइते >> लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमा बन्द हुने, २४ करोड ७१ लाख भुक्तानी बाँकी >> एसईई परीक्षा चैत १९ देखि २९ गते सञ्चालन हुने >> माधव नेपालविरुद्ध उजुरी >> लुम्बिनी प्रदेशमा ५६ महिला उम्मेदवारको मनोनयन दर्ता >> मनोनयन दर्ताको पहिलो दिन उम्मेदवारविरुद्ध केवल ५ उजुरी दर्ता >> डा. कृष्ण पौडेल स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा नियुक्त >> सार्वजनिक ऋण २८ खर्ब नाघ्यो, ६ महिनामा १ खर्ब ३२ अर्ब बढ्यो >> नेप्से परिसूचकमा सामान्य करेक्सन, बुधबार ९.४३ अंकले घट्यो >> अमेरिकाले फेरि ८० नेपाली नागरिक डिपोर्ट गर्यो >> मौसमविद्हरूको अनुमान: शुक्रबारदेखि वर्षा र चिसो बढ्ने >> निर्वाचनको बेला १० दिनमै पेट्रोलियम पदार्थको खपत २५ प्रतिशतसम्म बढ्ने अनुमान >> जापानका पूर्वप्रधानमन्त्री आबेको हत्या गर्ने व्यक्तिलाई आजीवन कारावास >> निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि ‘कल सेन्टर’ स्थापना गर्‍यो >> निर्वाचनमा ‘राइट टु रिजेक्ट’ मुद्दाः सर्वोच्च अदालतले माग्यो आयोगसँग लिखित जवाफ >> दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री हान डकसुलाई २३ वर्ष जेल सजाय >> उज्यालो नेपाल पार्टीले सार्वजनिक गर्‍यो १२० उम्मेदवारको नामावली >> बर्दघाट एक्सपोको तयारी तीव्र >> २ लाख ९५ हजार नाघ्यो सुनको मूल्य, एकैदिन तोलामा १० हजार ४ सयको वृद्धि >> पश्चिमी वायुको प्रभावः आज देशभर मौसम कस्तो रहने ? >> प्रतिनिधिसभा उम्मेदवारविरुद्ध आज उजुरी दिने व्यवस्था >> १० करोडको कारोबार गर्दै सकियो देवदह मेला  >> देशव्यापी मनोनयनले बढाएको उत्साह >> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर

पर्यटन प्रवद्र्धन गर्न सरोकारवालाको माग

१३ पुष २०८१, शनिबार
१३ पुष २०८१, शनिबार

बर्दघाट, १३ पुस ।

बर्दघाट नगरको पर्यटन प्रवद्र्धनको लागि सरोकारवालाहरुले राय सहित माग गरेका छन । बर्दघाट उद्योग वाणिज्य सँघको आयोजना र बर्दघाट प्रेस क्लवको समन्वयमा आठौँ बर्दघाट महोत्सवको अवसर पारी बर्दघाट नगरमा पर्यटन प्रवद्र्धन विषयक गोष्ठीमा बोल्दै सरोकारवालाहरुले बर्दघाटको विकासको लागि पर्यटन प्रवद्र्धनको आवश्यकता औल्याएका हुन ।

कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धिचरण)ले स्थानीय भौगोलिक अवस्था अनुसारका पर्यटन विकासको सम्भावनालाई अनुसन्धान गरी निजी क्षेत्रसँग सहकार्य गरी अगाडि बढ्नु पर्ने बताए ।

उनले बुद्धकालीन राज्य संरचनाका अनुसारको नक्साङ्कका आधारमा लुम्बिनी बिकास कोषसँग जोडिएर पर्यटन क्षेत्रको विकासमा जोडिन आग्रह गरेका थिए ।

नगर प्रमुख शम्भुलाल श्रेष्ठले पर्यटन विकासका लागि नगर निजी क्षेत्रसँग हालेमालो गरी अगाडि बढ्न चाहेको उल्लेख गरेका थिए । नगर, प्रदेश, संघ र निजी क्षेत्रसँग सहकार्य गरी अगाडि बढ्ने श्रेष्ठले बताए ।

पर्यटन विकासका लागि नगरले पार्क, बुद्ध मगल ताल, सिमसार लगायतका क्षेत्रको विस्तृत परियोजना रिपोर्ट (डिपीआर) तयार पारिएको श्रेष्ठको भनाइ थियो । बर्दघाट नगरले पर्यटन विकासमा रहेर काम गरिरहेको उल्लेख गर्दै नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले नगरले नमुना उन्मुख वडा बनाएको बताए । “नमुना उन्मुख वडाका लागि २५ लाख छुट्याइएका छौं । यसले पर्यटनमा लगानी गर्न सकिन्छ” उपाध्यायले भने ।

त्यस्तै बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले जनसाझेदारीमा मोडलमा कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वयन गर्नु पर्ने धारणा राखेका थिए । खनालले पर्यटन क्षेत्रमा लगानी ठुलो हुने र नगरसँग स्रोत कम हुने हँुदा नगरको मात्रै बजेटले विकास गर्न कठिन भएको बताएका थिए ।

कार्यक्रममा बोल्दै बर्दघाट ४ का वडा अध्यक्ष बेदबिना तिवारी, पत्रकार गोपी ज्ञवाली, दिव्यज्योति बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सागरमणि पाण्डेय, वाउन्न घोला सिमसार मञ्चका अध्यक्ष कुलदेव श्रेष्ठ, कन्चन गढी विकास समितिका निवर्तमान अध्यक्ष चन बहादुर गाहागायतले बोल्दै नगरमा पर्यटनको विकासका लागि एकीकृत योजना आवश्यक रहेकोमा जोड दिएका थिए ।

उनीहरुले अभियानकै रुपमा क्षेत्रगत योजना बनाएर होमस्टे, ऐतिहासिक धार्मिक तथा पुरातात्विक क्षेत्र, विभिन्न जातजातिका धार्मिक तथा साँस्कृतिक पहिचान झल्किने खाले योजनालाई प्राथमिकताका साथ नगर अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए ।

त्यस्तै नवलपरासी होटल व्यवसायी संघका उपाध्यक्ष भरत कंडेल, रोयल कटेज प्रा.लि.का सञ्चालक बलराम भण्डारीले बोल्दै वर्दघाटमा पर्यटकलाई वन नाइट स्टे गराउँदै बर्दघाटका पर्यटकीय क्षेत्रको अवलोकन गर्ने वातावरण सृजना गर्न सम्पुर्ण पक्षहरु लाग्नु पर्ने धारणा राखेका थिए । होटल व्यवसायमा बाह्य पर्यटक आउँदा भाषागत समस्या रहेकाले सवारी चालक र होटल व्यवसायीलाई भाषागत तालिमको आवश्यकता रहेको औल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?