ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

नियमित सीमा नाका अनुगमन गरिने

१३ पुष २०८१, शनिबार
१३ पुष २०८१, शनिबार

कपिलवस्तु, १३ पुस ।
कपिलवस्तु जिल्लाको सिमा क्षेत्रमा हुने पशु, पशुजन्य पदार्थ तथा पशु उत्पादन सामग्रीको अबैध ओसारपसार नियन्त्रणका लागि निकायगत तथा संयुक्त रूपमा नियमित नाका अनुगमन गर्ने निर्णय गरिएको छ । पशु क्वारेन्टाईन चेक पोष्ट कृष्ण नगर कपिलवस्तुको आयोजनामा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा आयोजित सुरक्षा निकाय, जिल्ला प्रशासन सँग क्वारेन्टाईन समन्वयन बैठकमा सो निर्णय गरिएको हो ।
सो सगै बैठकले चोरी पैठारी नियन्त्रणका लागी सबै सरोकारवाला बिच सुचना आदानप्रदान गर्ने निर्णय समेत गरेको छ । कार्यक्रममा पशु क्वारेन्टाईन कार्यालय भैरहवाका डाक्टर सन्तोष यादवले कार्यालयले सम्पादन गर्ने कार्य बारे प्रस्तुतीकरण गरेका थिए । सो अवसरमा प्रस्तुुत गरिएको तथ्याङ्कमा कपिलवस्तुको कृष्णनगर र सुठौली क्वारेन्टाईन भई पशु आयात नभएको जनाइएको थियो । सो तथ्याङ्कका आधारमा जिल्लाका बिभिन्न स्थानमा पशु हाट बजारमा बिक्री बितरण हुने पाडा, रागा र भैसी स्थानिय कृषकको भन्दा भारतबाट अबैध रूपमा भित्रिने गरेको बताईएको थियो ।
चन्द्रौटाको खसी बजारमा ८० प्रतिशत बढि नेपाली उत्पादनका खसी बोका बिक्री बितरण हुने भेटिएको पशु क्वारेन्टाईन कार्यालय भैरहवाका प्रमुख डाक्टर भक्त निउरेले जानकारी दिए । उनले बहादुरगंजमा लाग्ने पशु हाट बजारमा समेत १५ दिनको अन्तरमा नमुना संकलन गर्ने गरिएको र बिक्री बितरण हुने पशु हालसम्मको परिक्षणमा स्वास्थ्य भेटिएको निउरेले दावी गरे । सीमा नाकाबाट चल्ला र कुखुराको अबैध रूपमा ल्याउने क्रम पूर्ण रूपमा नियन्त्रणमा नआउँदा आफूहरू मर्कामा पर्दै आएको पोल्ट्री व्यवसायी संघका जनकराज खनालले गुनासो पोखे ।
कार्यक्रममा आएका छलफलको जवाफ पशु क्वारेन्टाईन कृष्णनगरका प्रमुख डाक्टर दयाराम चौधरी, भैरहवाका प्रमुख भक्त निउरेले दिएका थिए । समन्वयन बैठकमा बोल्दै प्रजिअ बिश्व प्रकाश अर्यालले सिमा क्षेत्रमा पशुजन्य सामग्रीको अबैध ओसारपसार जनशक्ति र क्षमताका कारण पूर्णरूपमा नियन्त्रण गर्न नसकिएको स्वीकार गरे । अबैध चोरी पैठारीको सुचना प्रवाह गरि नियन्त्रणमा सहयोग गर्न उनले सबै पक्षलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?