ट्रेंडिंग:

>> गगन थापासँग सम्झाैता गर्न देउवापक्षीय नेताहरू लचक, विद्राेह नगर्ने र नयाँ पार्टी नखोल्ने पूर्णबहादुरको घोषणा >> यस्तो छ ६३ दलका ३ हजार २१३ जनाको समानुपातिक बन्दसूची (सूचीसहित) >> बुटवलमा ईरिक्सा थपसम्बन्धी निर्णयको विरोधमा आन्दोलन गर्ने >> यी हुन् एमालेले टिकट दिएका रुपन्देहीका उम्मेदवारहरु >> जनकपुरबाट भ्रमणमा आएको बस धरानमा दुर्घटना हुँदा ५ जनाको मृत्यु >> एमालेले सच्यायो निर्णय: विष्णु पौडेल रुपन्देहीबाटै चुनाब लड्ने >> पामिर एकेडेमीमा खेल महोत्सव सुरु >> एनसेलको सहयोगमा ‘क्रिएटर्‌स मेला’ तीन सहरमा आयोजना हुँदै >> उच्च अदालतले फेरि भन्यो– एन्फाको निर्वाचन प्रक्रिया तत्काल रोक्नू >> कांग्रेस विवाद सर्वोच्च अदालतमा >> भोलिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको निर्णय >> बालेन शाहले गरे रास्वपा वरिष्ठ नेताको पदभार ग्रहण >> मैले होइन, बर्दियाले मलाई छोड्यो: पूर्व सांसद गौतम >> काठमाडौँका मेयर बालेन शाहले दिए पदबाट राजीनामा >> प्रधानमन्त्रीले मन्त्री र निर्वाचन आयोग पदाधिकारीसँग छलफल गर्ने >> स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. काफ्लेले दिए राजीनामा >> नेकपा छाडेर पूर्वमन्त्री रामेश्वर राय जसपा प्रवेश >> साफ पुरुष फुटसल: नेपाल र भारतबिच ३–३ गोलको बराबरी >> के मोबाइल, कम्प्युटर र टिभीको बढी प्रयोगले बालबालिकामा कम्मर दुख्ने समस्या बढ्छ ? >> निर्वाचन कार्यतालिका रोक्न माग गर्दै देउवा समूह आयोगमा >> बालेन शाहको राजीनामा किन भयो होल्ड ? >> कतारमा अमर र प्रीतिको धमाकेदार प्रस्तुतिसँगै भव्य रूपमा मनाइयो “माघ्या सकराटी” (फोटो फिचर)  >> सुनको भाउ सामान्य बढ्यो, चाँदी घट्यो >> रुपन्देही २ बाट नेकपाको उम्मेदवार विश्वदीप >> विष्णु पौडेललाई खुला पत्र: विरासतको सुरक्षा कि अवसरवादीको घेराबन्दी ? >> निर्वाचनमा मतदाताको दायित्व >> जोखिमबाट बच्न पूर्व तयारीमा ढिलाइ  >> डरभित्र सङ्घर्ष गर्दै कालीमाटी >> सांस्कृतिक घर र पोखरीले स्थानीय आत्मनिर्भर >> हिंसा र डकैतीको जालो तोड्दै प्रहरी >> यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित) >> रुपन्देहीमा एमालेबाट वासुदेव घिमिरे र खिमलाल भट्टराईले पाए टिकट, अरु टुंगो लाग्न बाँकी >> यी हुन् एमालेका लुम्बिनी प्रदेशमा निर्वाचन लड्ने उम्मेदवारहरु (सूचीसहित) >> एमाले उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट उमेदवार बन्ने >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णय: निष्क्रिय रहेका र छाडेकालाई पुन: पार्टीमा जोडिन आह्वान >> माघी पर्व एवं माघे सकरातीको ऐतिहासिक महत्व र नेपाली समाजको भविष्य >> गगनको पक्षमा खुल्न थाले देउवा पक्षका नेता, कँडेलले भने-पार्टीलाई एकढिक्का बनाएर अघि बढौं >> कांग्रेसको आधिकारिकताका लागि सर्वोच्च अदालत जाने देउवा समूहको निर्णय >> एमाले केन्द्रीय निर्वाचन कमिटि सदस्य खुमाकान्तले छाडे पार्टी >> कांग्रेसका पूर्व सांसद कनोडिया एमाले प्रवेश >> आगामी आर्थिक वर्षको बजेट निर्माण सुरुः स्रोत अनुमान समितिले थाल्यो काम >> उम्मेदवारी दर्ता देखि मतगणनासम्मको काम मुख्य निर्वाचन अधिकृतको कार्यालयले गर्ने >>  रामपुर, भुजात–गुरुङ गाउँको अपार माया बोकेर फर्किदा…… >> नलेखिएको एउटा बुद्धकालीन क्रान्तिको कथा >> छोराको सम्झनामा बनेको उद्यम >> २ प्रदेशका हिमाली क्षेत्रमा आज हल्का वर्षा र हिमपात, तराईमा हुस्सु >> गगनको घोषणाः कांग्रेसमा कुनै गुट छैन, गुटगत भागबण्डा हुनेछैन, एकताबद्ध बनाएर अघि बढौं >> यी तीन आधार टेकेर गगन पक्षलाई दियो निर्वाचन आयोगले आधिकारिकता >> राजनीतिक र कानुनी दुवै लडाइँ लड्छौं: देउवा पक्ष >> टुंगियो कांग्रेस आधिकारिकता विवाद, गगन थापा पक्षलाई आयोगको मान्यता

पर्यटन प्रवद्र्धन गर्न सरोकारवालाको माग

१३ पुष २०८१, शनिबार
१३ पुष २०८१, शनिबार

बर्दघाट, १३ पुस ।

बर्दघाट नगरको पर्यटन प्रवद्र्धनको लागि सरोकारवालाहरुले राय सहित माग गरेका छन । बर्दघाट उद्योग वाणिज्य सँघको आयोजना र बर्दघाट प्रेस क्लवको समन्वयमा आठौँ बर्दघाट महोत्सवको अवसर पारी बर्दघाट नगरमा पर्यटन प्रवद्र्धन विषयक गोष्ठीमा बोल्दै सरोकारवालाहरुले बर्दघाटको विकासको लागि पर्यटन प्रवद्र्धनको आवश्यकता औल्याएका हुन ।

कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धिचरण)ले स्थानीय भौगोलिक अवस्था अनुसारका पर्यटन विकासको सम्भावनालाई अनुसन्धान गरी निजी क्षेत्रसँग सहकार्य गरी अगाडि बढ्नु पर्ने बताए ।

उनले बुद्धकालीन राज्य संरचनाका अनुसारको नक्साङ्कका आधारमा लुम्बिनी बिकास कोषसँग जोडिएर पर्यटन क्षेत्रको विकासमा जोडिन आग्रह गरेका थिए ।

नगर प्रमुख शम्भुलाल श्रेष्ठले पर्यटन विकासका लागि नगर निजी क्षेत्रसँग हालेमालो गरी अगाडि बढ्न चाहेको उल्लेख गरेका थिए । नगर, प्रदेश, संघ र निजी क्षेत्रसँग सहकार्य गरी अगाडि बढ्ने श्रेष्ठले बताए ।

पर्यटन विकासका लागि नगरले पार्क, बुद्ध मगल ताल, सिमसार लगायतका क्षेत्रको विस्तृत परियोजना रिपोर्ट (डिपीआर) तयार पारिएको श्रेष्ठको भनाइ थियो । बर्दघाट नगरले पर्यटन विकासमा रहेर काम गरिरहेको उल्लेख गर्दै नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले नगरले नमुना उन्मुख वडा बनाएको बताए । “नमुना उन्मुख वडाका लागि २५ लाख छुट्याइएका छौं । यसले पर्यटनमा लगानी गर्न सकिन्छ” उपाध्यायले भने ।

त्यस्तै बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले जनसाझेदारीमा मोडलमा कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वयन गर्नु पर्ने धारणा राखेका थिए । खनालले पर्यटन क्षेत्रमा लगानी ठुलो हुने र नगरसँग स्रोत कम हुने हँुदा नगरको मात्रै बजेटले विकास गर्न कठिन भएको बताएका थिए ।

कार्यक्रममा बोल्दै बर्दघाट ४ का वडा अध्यक्ष बेदबिना तिवारी, पत्रकार गोपी ज्ञवाली, दिव्यज्योति बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सागरमणि पाण्डेय, वाउन्न घोला सिमसार मञ्चका अध्यक्ष कुलदेव श्रेष्ठ, कन्चन गढी विकास समितिका निवर्तमान अध्यक्ष चन बहादुर गाहागायतले बोल्दै नगरमा पर्यटनको विकासका लागि एकीकृत योजना आवश्यक रहेकोमा जोड दिएका थिए ।

उनीहरुले अभियानकै रुपमा क्षेत्रगत योजना बनाएर होमस्टे, ऐतिहासिक धार्मिक तथा पुरातात्विक क्षेत्र, विभिन्न जातजातिका धार्मिक तथा साँस्कृतिक पहिचान झल्किने खाले योजनालाई प्राथमिकताका साथ नगर अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए ।

त्यस्तै नवलपरासी होटल व्यवसायी संघका उपाध्यक्ष भरत कंडेल, रोयल कटेज प्रा.लि.का सञ्चालक बलराम भण्डारीले बोल्दै वर्दघाटमा पर्यटकलाई वन नाइट स्टे गराउँदै बर्दघाटका पर्यटकीय क्षेत्रको अवलोकन गर्ने वातावरण सृजना गर्न सम्पुर्ण पक्षहरु लाग्नु पर्ने धारणा राखेका थिए । होटल व्यवसायमा बाह्य पर्यटक आउँदा भाषागत समस्या रहेकाले सवारी चालक र होटल व्यवसायीलाई भाषागत तालिमको आवश्यकता रहेको औल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?