ट्रेंडिंग:

>> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस

दाताको जग्गामा बन्यो, फर्साटिकर क्लबको कार्यालय भवन

फर्साटिकर कपको १२ औ संस्करण पुस २० गते माघ २ गतेसम्म, यसवर्ष प्रतियोगितामा रुपन्देहीका पाचसहित भारतको एक टिम गरि १२ टिमको सहभागिता
१३ पुष २०८१, शनिबार
१३ पुष २०८१, शनिबार

बुटवल, १३ पुस । ग्रामिण क्षेत्रमा खेलकुद र सामाजिक गतिविधि गर्दै आएको फर्साटिकर युवा क्लबले आफनै कार्यालय भवन निमार्ण गर्न सफल भएको छ । स्थानिय दाता राजेन्द्र प्रधानको परिवारबाट प्राप्त भएको करीब साढे १६ धुर जग्गामा क्लबले शुद्धोधन गाउपालिका वडा नं ४ मा दुई कोठे पक्की भवनसहितको कार्यालय भवन निर्माण गर्न सफल भएको हो । परिसरमा नै रहेको मन्दिर ब्यवस्थापनमा समेत क्लब लागेको छ । दोस्रो कार्याकाल नेतृत्व सम्हालेका क्लबका अध्यक्ष मुकेश कुँवर भवन उद्घाटनसंगै निक्कै हर्षित छन । ‘मेरो कार्यकालमा नै दाताहरुको सहयोग र साथीभाईहरुबाट साथ पाउदा ईटा थप्ने सफल भए ।’–उनले भने । रुपन्देहीको ग्रामिण क्षेत्रका रुपमा रहेको फर्साटिकरमा खेलाडी उत्पादन र खेल प्रतियोगितामा क्लबको अग्रसरता रहदै आएको उनि बताउछन ।

शनिबार एक कार्यक्रमका बिच शुद्धोधन गाउपालिका वडा नं ४ का वडाअध्यक्ष केशव प्रसाद अधिकारीले कार्यालय भवनको उद्घाटन गर्दै खेलकुद र सामाजिक क्षेत्रमा लामो ईतिहास बोकेको क्लब आफ्नै कार्यालय ब्यवस्थापन गर्न उपयोगी भवन निर्माण गर्न सफल भएको बताए । पालिकाभित्र खेल विकासमा स्थानिय सरकारबाट वार्षिक २५ लाख रुपैया बजेट बिनियोजन गरिदै आएको उनले बताए । बजेट खेलकुद गतिविधिसंगै पुर्वाधारमा समेत उपयोग हुँदै आएको उनले बताए । फर्साटिकर माबिको खेल मैदानको स्तरोन्नति र ग्रासरुट विकास गर्न समेत क्लबसंग समन्वय गरि अघि बढेको उनले बताए । शुद्धोधन गाउपालिकालाई खेलकुदबाट चिनाउने गरि स्थानिय पालिका सबै सरोकारवालासंग समन्वय गरि अघि बढेको उनले बताए ।

रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले रुपन्देही लिग च्याम्पियन समेत रहेको क्लब आफ्नै भवन निर्माण गरेर विकासमा ईट्टा थप्न सफल भएको बताए । लामोसमयदेखि फुटबल खेलको विकासमा अग्रसर रहेको क्लबलाई ब्यवस्थित गर्ने चरणमा अघि बढेको उनले बताए । कार्यक्रममा क्लबका संरक्षक चक्र बहादुर कुँवर, वडा सदस्य दामोदर पंगेनी, वडा सदस्य बालकृष्ण पराजुली, क्लबका लेखा सदस्य भेषराज पौडेल, यज्ञोदय माबिका पुर्वअध्यक्ष रमेश खनाल, नेकपा एमाले नगर कमिटि अध्यक्ष प्रेम रोक्का, सिएलसीका अध्यक्ष राजेश्वरी सिह, क्लबका सचिव विष्णु पंगेनीले जग्गा संरक्षण गरि समुदायको हितमा महत्वपूर्ण कार्य भएको बताए ।

क्लबका अध्यक्ष मुकेश कुँवरले आफ्नो कार्यकालमा क्लबको पुर्वाधार निर्माणसंगै ब्यवस्थापकिय काम गर्न सहज हुने बताए । दाताबाट प्राप्त जग्गामा लुम्बिनी प्रदेशका पुर्व सभासदस्य पुष्पा थारुबाट बजेट उपलब्ध भएर शुरु भएको भवन निमार्णमा विभिन्न दाताहरुबाट प्राप्त सहयोग भएको उनले बताए । पछिल्लोसमय भवनको भवन पुरा गर्न ढाई लाख रुपैया खर्च भएको उनले बताए । भवन उद्घाटनसंगै रुपन्देहीकै प्रतिष्ठित प्रतियोगिताका रुपमा परिचय बनाएको फर्साटिकर कपको १२ औ संस्करण पुस २० गते माघ २ गतेसम्म गर्न लागेको उनले बताए । यसवर्ष प्रतियोगितामा रुपन्देहीका पाचसहित पाल्पा, नवलपरासी र भारतको आसामसहित १२ टिमको सहभागिता रहने उनले बताए । ग्रामिण क्षेत्रबाट फुटबल खेल विकास गर्ने उदेश्य सहित नियमित प्रशिक्षण र प्रतियोगितामा क्लबबाट गतिविधिहरु हुँदै आएको क्लब यसपटक नया ढंगमा प्रतियोगिताको तयारीमा रहेको उनले बताए ।

प्रतियोगिताको उपाधि विजेताले नगद ३ लाख ५ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक अकरम अलीले बताए । यसैगरि उपविजेता टिमले नगद १ लाख ५० हजार ५ रुपैया तथा सर्वोत्कृष्ट खेलाडी १५,००० हजार रुपैया, १०,००० हजार रुपैया तथा उदयमान खेलाडीलाई ५५०० तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई समेत नगदबाट पुरस्कृत गरिने उनले बताए । स्थानिय पालिकाबाट ८ लाख रुपैया सहयोग र अन्य प्रायोजनहरुसंगै टिकटबाट समेत आम्दानी हुने उनले बताए । प्रतियोगितामा कुल १९ लाख रुपैया खर्च हुने अनुमान आयोजकको छ । भैरव एफसी र सम्पुर्ण युवा क्लबका बिचमा उद्घाटन खेल हुने उनले बताए । गतवर्ष सम्पुर्ण युवा क्लब विजेता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?