ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

कृषि एम्बुलेन्समा सिमेन्टको भारी

बजार संचालक समितिका अध्यक्ष तिलक शर्माले सिमेन्ट बोक्न नमिल्ने भएता पनि व्यवहारिकता हेरेर वडा अध्यक्षको अनुरोधमा गाडी पठाइएको बताए । उनले अब यसलाई नीतिगत र कार्यगत रूपमा सुधार गरेर लैजानुपर्ने देखिएको उल्लेख गरे ।
१२ पुष २०८१, शुक्रबार
१२ पुष २०८१, शुक्रबार

सल्यान, १२  पुस ।
कृषिजन्य वस्तुको ढुवानी तथा किसानको सहजताको लागि भनेर सल्यानको कपुरकोट गाउँपालिकामा संचालनमा ल्याइएको कृषि एम्बुलेन्स दुरूपयोग भएको छ । किसानहरूको सेवा गर्न भन्दै लाखौं रूपैयाँको लगानीमा खरिद गरिएको एम्बुलेन्सले कृषि सामग्री र कृषि उत्पादनको साटो सिमेन्ट बोक्ने साधन बनेको छ । कृषि एम्बुलेन्सको दुरूपयोगले अहिले गम्भीर प्रश्न खडा गरेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई सल्यानको अनुदानमा कृषि एम्बुलेन्सको रूपमा प्रयोग गर्नुपर्ने मिनि ट्रकले बिहीबार मात्र सडक निर्माण योजनाका लागि सिमेन्ट ढुवानी गरेको हो । दांगको तुलसिपुरदेखि कपुरकोट १ को उनबांग सम्म सडक योजना अन्तर्गत स्ल्याब निर्माणका लागि एक सय बोरी सिमेन्ट ढुवानी गरेपछि कृषि एम्बुलेन्सको दुरूपयोग भएको भन्दै स्थानीयहरूले आलोचना गरेका छन् ।

किसानहरूको आवश्यकताका लागि यो सेवा उपलब्ध गराएको दाबी गरेपनि एम्बुलेन्स निर्माण सामग्री ढुवानीमा प्रयोगमा आएको पाइएको हो । किसानहरूले यो घटनाप्रति असन्तुष्टि व्यक्त गर्दै कृषिजन्य उत्पादन तथा मल, बीउ एवम् अन्य कृषि सामग्री बोक्नुपर्ने एम्बुलेन्सको संचालनमा लापरबाही भएको जनाएका छन् ।

कृषि उपज बजार केन्द्र कपुरकोटले सिमेन्ट बोकेको स्वीकार गर्दै व्यवहारिकता हेरिएको बताएको छ । बजार संचालक समितिका अध्यक्ष तिलक शर्माले सिमेन्ट बोक्न नमिल्ने भएता पनि व्यवहारीकता हेरेर वडा अध्यक्षको अनुरोधमा गाडी पठाइएको बताए । नयाँ भएका कारण आफुहरूले सिक्दै गरेको भन्दै उनले अब यसलाइ नीतिगत र कार्यगत रूपमा सुधार गरेर लैजानुपर्ने देखिएको उल्लेख गरे ।

यता प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई सल्यानले भने कृषि एम्बुलेन्स दुरूपयोग भएमा कारवाही प्रक्रिया अगाडि बढाइने जनाएको छ । परियोजना कार्यान्वयन इकाइ सल्यानका प्रमुख भिम पाण्डेले ५० प्रतिशत सरकारी अनुदानमा गाडी उपलब्ध गराउँदा सम्झौतामै प्रष्ट रूपमा कृषि उपजको ढुवानीमा मात्र प्रयोग गर्नुपर्ने उल्लेख गरिएको बताए । ‘गाडी चलाउन गाह्रो भयो भनेर सिमेन्ट, सरिया बोक्न त पाइएन’, उनले भने, “यसबारे तुरुन्तै तरकारी जोन हेर्ने प्राविधिक मार्फत जानकारी लिन्छौं । दुरूपयोग भएको भए सरकारी बांकी सरह असुल उपर गर्नसकिने कानुनी व्यवस्था छ । सुरुमा सचेत गराउंछौं ।’

कृषि उपज बजार संचालक समितिले कृषि एम्बुलेन्सलाई तरकारी बोक्न नै भ्याइनभ्याई हुन्छ भनेको विषय स्मरण गर्दै पाण्डेले निर्माण सामग्री ढुवानी गर्नु दुरूपयोग भएको बताए । “धान बोक्नुस, गहुँ बोक्नुस, परालै बोक्नुस फरक परेन । तर बालुवा, गिट्टी, सिमेन्ट जस्ता निर्माण सामग्री बोक्नका लागि गाडी दिएको होइन“, उनले भने ।

कृषि उपज बजारसंचालक समितिका अध्यक्षले भाडाको समेत कुनै टुंगो नलगाइकन हचुवाको भरमा कृषि एम्बुलेन्सलाई निर्माण सामग्री ढुवानीमा पठाएको पाइएको हो । तुलसीपुरबाट निर्माण सामग्री ढुवानी भएको बिषयलाइ स्वयम् स्वीकार गर्दै संचालक समितिका अध्यक्ष शर्माले चलनचल्तिको भाडा लिइने र त्यो पनि सामान ढुवानी भैसकेपछी भाडा वापतको रकम प्राप्त हुने जनाए । कृषि एम्बुलेन्सले सेवा दिने अपेक्षा गरेका स्थानिय किसानहरू उक्त एम्बुलेन्स व्यापारिक साधन बनेको भन्दै गुनासो गरेका छन । गत आर्थिक बर्षमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई सल्यान र कपुरकोट गाउँपालिकाले एक÷एक वटा कृषि एम्बुलेन्स उपलब्ध गराएका हुन् । परियोजना एकाईको ५० प्रतिशत अनुदान र कृषि उपज बजार सञ्चालक समितिको ५० प्रतिशत लागत साझेदारीमा कृषि एम्बुलेन्स सञ्चालनका लागि हस्तान्तरण गरिएको थियो । यस्तै कपुरकोट गाउँपालिकाले पनि पिकप भ्यान खरिद गरेर कृषि एम्बुलेन्सको रूपमा प्रयोग गर्न हस्तान्तरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?