Butwal Today

राष्ट्र बैंकले खारेज गर्यो तीन रेमिटेन्स कम्पनी

१२ पुष २०८१, शुक्रबार
अ+
अ-

काठमाडौं, १२ पुस ।

नेपाल राष्ट्र बैंकले तीनवटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज गरेको जनाएको छ । जसअनुसार भाटभटेनी मनी ट्रान्सफर, मोर्डन रेमिट्यान्स र नमस्ते रेमिट इन्टरनेशनलको इजाजत खारेज गरिएको हो ।

कारोबार गर्ने इजाजतको म्याद नवीकरण नगरेकाले खारेज गरेको राष्ट्र बैंकले जनाएको छ ।  खारेज भएका संस्थासँग रेमिट्यान्सको रकम लिनुदिनु बाँकी भएमा ३५ दिनभित्र लिखित जानकारी दिन पनि राष्ट्र बैंकले जनाएको छ।