ट्रेंडिंग:

>> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो
२१ औ माछापुच्छ्रे बैक पोखरा ओपन तथा भेट्रान्स लन टेनिस प्रतियोगिता २०८१

खेल क्षेत्रमा सरकारको लगानी बढाउन आग्रह

११ पुष २०८१, बिहीबार
११ पुष २०८१, बिहीबार

बुटवल, ११ पुस । २१ औ माछापुच्छ्रे बैक पोखरा ओपन तथा भेट्रान्स लन टेनिस प्रतियोगिता २०८१ बिहिबारदेखि शुरु भएको छ । कास्की टेनिस संघको आयोजनामा शुरु भएको प्रतियोगिताको एक समारोहका बिच गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दु कुमार थापाले उद्घाटन गर्दै पर्यटनको राजधानी पोखरालाई खेलबाट चिनाउने गरि अघि बढ्न सकिने बताए । खेल विकासमा निजि क्षेत्रबाट भएको लगानीलाई सरकारबाट उचित मुल्याकन गर्ने उनले बताए ।

कार्यक्रममा प्रदेश खेलकुद विकास परिषद गण्डकीका सदस्यसचिव श्रीधर शर्माले नेपालको झण्डा, नेपालीहरुको एकता र शिर उचो गराउने काम खेलाडीहरुबाट भएको बताए । नेपाल सरकारको संघमा केवल ०.९, प्रदेशमा ०.९५ र स्थानिय सरकारबाट केवल ०.३ प्रतिशत मात्र बजेट बिनियोजन भएको तथ्याकबाट खेलको अवस्थाको वास्तविकता देखिने उनले बताए । एउटा खेलाडीलाई न्युनतम पनि जिविकोपार्जन हुने गरि लाग्नुपर्ने बताए । खेलाडी कल्याणकारीको विधामा गण्डकी प्रदेश अन्तिम चरणमा रहेको उनले बताए ।

कार्यक्रममा नेपाल टेनिस संघका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेशका अध्यक्ष बिनोद कायस्थले प्रतियोगिताको शुरुवाती चरणको ईतिहास बारेमा जानकारी दिदै बृहत् स्वरुपमा आईपुगेको बताए । काठमाडौ र पोखराका ९/९ जना खेलाडीहरुको अगुवाईमा प्रतियोगिता शुरु भएर २१ औ संस्कारणमा आईपुग्दा अन्तराष्ट्रिय स्तरसम्म आईपुगेको उनले बताए ।

कार्यक्रममा संघका उपाध्यक्ष एवं संयोजक नबिन चालिसेले खेलप्रेमी र प्रायोजकहरुको साथ र सहयोगकै कारण प्रतियोगिताको २१ औ संस्करणसम्म आएको बताए । पोखरा रंगशालामा टेनिसको विकासमा सरकारबाट नगन्य सहयोग रहेको दुखेसो गरे । निजि क्षेत्रको लगानीमा ६ वटा कोर्टहरु तयार भएको उनले बताए । नेपालकै दोस्रो ठूलो र निरन्तर संचालन हुँदै आएको प्रतियोगितालाई अब सरकारबाट बजेट बिनियोजन गर्न उनले आग्रह गरे ।

कार्यक्रममा संघका अध्यक्ष राजकुमार गुरुङले खेल विकास गर्न विगत लामोसमयदेखि संस्थागत रुपमा लागेको बताए । टेनिस खेलाडी उत्पादन गर्ने लक्ष्यसहित दुई दर्जन बढि बालबालिकाहरुलाई नियमित प्रशिक्षण समेत गराउदै आएको उनले बताए ।

प्रतियोगिताको डाईरेक्टर कुमार अधिकारी, सचिव भिष्मराज पौडेलले पोखराको पर्यटनसंगै खेललाई जोडेर लैजान जरुरी रहेको बताए । पोखरा रंगशालामा २२ रोपनी क्षेत्रफलमा टेनिस कोर्टको पुर्वाधार निर्माण भएको छ । प्रतियोगितामा नेपालसहित दक्षिण कोरिया, हङकङ, भारत र भुटानबाट समेत गरि १५५ बढि सहभागिता रहेको छ ।

यसैबिच विहिबार भएको ३५ प्लसतर्फको खेलमा रुपन्देहीका विकास खड्काले श्रीमान्त गुरुङलाई ६–३, ६–१ अंकले जित निकालेका छन । यसैगरि रुपन्देहीका ३५ प्लस सिगलमा सन्जय श्रेष्ठ, सागर थापाले वाकओभर पाउदै दोस्रो चरणमा प्रवेश गरेका छन ।

कार्यक्रममा कास्की प्रदेशका पुर्व सभासद दिपक कोईराला, नेपाल टेनिस संघका उपाध्यक्ष तथा गण्डकी प्रदेशका अध्यक्ष बिनोद कायस्थ, हङकङ नेपाल टेनिस संघका अध्यक्ष किशन थापा, कास्की जिल्ला उधोग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, नेपाल टेनिस संघका पुर्वअध्यक्ष मनोज राणा, कोर्टदाता उत्तम कुमार शेर्पाले कार्यक्रमको सफलताको शुभकामना दिए ।

डेभिस कपमा बिजेता खेलाडी र टिम ब्यवस्थापक ज्ञवालीलाई पोखरामा सम्मान

यसैबिच बहराईनमा डेभिस कप बिजेता खेलाडी र टिमलाई सम्मान गरिएको छ । नेपाललाई डिभिजन फाईभबाट फोरमा ल्याउन सफल भएका खेलाडीहरुलाइ प्रदिप खड्का, अभिशेष बास्तोला, रितिक राना, प्रणव मानन्धर, प्रणव खनाल तथा टिम ब्यवस्थापक गोपाल ज्ञवालीलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो । यसैगरि टेनिस कम्प्लेक्स निर्माणको १० वर्ष पूरा भएको अवसरमा निर्माणमा योगदान दिने दाताहरुलाई समेत सम्मान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?