Butwal Today

आजदेखि चितवनमा महको बजारीकरणका लागि मह उत्सव आयोजना

११ पुष २०८१, बिहीबार
अ+
अ-

काठमाडौँ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले बिहीबारदेखि चितवनमा मह उत्सव आयोजना गर्दैछ। महोत्सवको मुख्य उद्देश्य मौरीपालक किसानको उत्पादन प्रवर्धन गर्नु र महको बजारीकरणमा सहयोग पुर्याउनु हो।

परियोजनाका मौरीजोन कार्यक्रम अधिकृत रविकिरण अधिकारीका अनुसार, महोत्सव स्थलमा १० वटा बिक्री कक्ष राखेर त्यहाँ आउने सबैलाई मह चखाइनेछ। मह उत्सव पुस १५ गतेसम्म सञ्चालन हुनेछ।

नेपाल मौरीपालक महासंघका पूर्वअध्यक्ष शिव शर्माले मह उत्सवले मौरीपालक किसानमा उत्साह र आशा भरेको बताए। चितवनमा गत वर्ष ८०० मेट्रिक टन मह उत्पादन भएको थियो।

साथै, परियोजनाले मौरीजोनअन्तर्गतका किसानलाई ‘प्याकेजिङ’, ‘लेबलिङ’ र बजारीकरणमा सहयोग गर्दै आएको छ। चितवनमा २०७५/७६ को आर्थिक वर्षदेखि मौरीजोन स्थापना गरिएको थियो।