© २०२३
काठमाडौं।
नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुनको मूल्य तोलामा १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदीको मूल्य तोलामा १,८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।