ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

वामपन्थी एकताः भ्यागुताको धार्नीको गफ सुरु

११ पुष २०८१, बिहीबार
११ पुष २०८१, बिहीबार

काठमाडौं, ११ पुस ।
दुई ठूला दल मिलेपछि सत्ताबाट बाहिरिएको नेकपा माओवादी केन्द्रले समान विचार भएका वाम घटकहरूसँग पार्टी एकता र ध्रुवीकरणमा जोड दिँदै अ ाएपनि ठोस सफलता मिलेको छैन ।
सत्तामा हुँदा निदाउने कम्युनिष्ट दलहरू सत्ता बाहिर रहँदा एकताको बाजा बजाउँदै आएका छन् । माओवादीसँग नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, महेन्द्रराय यादव नेतृत्वको नेसपादेखि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी एकता र सहकार्यको संवादमा थिए, तर मिलनविन्दु फेला पर्न नसक्दा एकताको सम्भावना टर्दै गएको बताइन्छ । माओवादी र एकीकृत समाजवादीबीच एकता गर्ने चर्चामात्रै चले पनि विप्लव र नेसपाले भने माओवादीसँग मिसिने औपचारिक निर्णय नै गरिसकेका छन् । नेसपा अझै तयार नै रहे पनि विप्लव नेतृत्वको नेकपा भने तत्काल पार्टी एकताको सम्भावना नरहेको निष्कर्षमा पुगेको छ । माओवादीले औपचारिक निर्णय गरिसकेको छैन । हालै बसेको केन्द्रीय कमिटीको बैठकले माओवादीसँग एकताको आवश्यकता भए पनि प्रचण्डले पहल नगरेकै कारणले एकता अनिश्चित भएको निष्कर्ष निकालेको नेकपाका नेता अनिल विरहीले बताए ।
उनले भने, ‘बैठकमा अधिकांश साथीहरू एकता आवश्यक भए पनि माओवादी र त्यसको नेतृत्वको हिसाबले प्रचण्डले नै पहल नगरेको निचोडमा पुगेका छौं । त्यसैले एकता अनिश्चित बनेको छ, तर गर्दै नगर्ने भन्ने होइन ।’
विप्लवले मात्रै होइन, माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले पनि तत्काल कुनै वामपन्थी पार्टीहरूसँग एकताको सम्भावना नरहेको निष्कर्ष निकालिसकेको छ । समाजवादी मोर्चामा रहेका दुई ठूला दल नेकपा एस र नेकपाले तत्काल एकताको सम्भावना नरहेको निष्कर्ष निकाल्दै गर्दा प्रचण्ड भने अझै उही पुरानै रटानमा छन् । तर पुन र शर्मा एकै ठाउँमा उभिएपछि अहिले प्रचण्ड आन्तरिक रूपमा दबाबमा छन् । शर्माले लिखित रूपमा प्रचण्डलाई नेतृत्व छाड्ने प्रस्ताव औपचारिक बैठकमा राखेका थिए ।
तत्काललाई त्यो दबाब टरे पनि अब बस्ने केन्द्रीय कमिटीको बैठकमा शर्माको त्यो प्रस्तावलाई पनि छलफलमा ल्याउने प्रचण्डको आश्वासन छ । केन्द्रीय कमिटीको बैठक यही पुस २१ गते बस्दैछ । पार्टीभित्र आन्तरिक समीकरणमा अप्ठेरो स्थितिमा रहेका प्रचण्डले आफू निकट रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पनि उपाध्यक्ष बनाएर पार्टीमा फर्काउँदैछन् । विप्लवलाई माओवादीमा फर्काउन पहल गर्ने उपाध्यक्ष कृष्णबहादुर महरा थिए, तर विभिन्न प्रकरणमा मुछिएपछि अहिले उनी पार्टीमा सक्रिय छैनन् । माओवादी केन्द्रका सचिव दिनानाथ शर्मा भने पार्टीले विचार मिल्नेहरूसँग एकता गर्ने ढोका सधैं खुला राखेको बताउँछन् ।
उनले संवादमा रहेका दलहरूसँगको एकताबारे आगामी केन्द्रीय कमिटीको बैठकबाट औपचारिक निर्णय हुने दाबी गरे ।केन्द्रीय सदस्य रञ्जित तामाङले पनि माओवादीलाई २०८४ मा २०६४ को अवस्थामा फर्काउन माओवादीहरू पुनः एकताबद्ध हुन आवश्यक रहेको बताए । उनीमात्रै होइन, पोलिटव्युरो सदस्य रामप्रसाद सापकोटा पनि संगठन निर्माणसँगै माओवादी घटकहरूबिचको एकतालाई तीव्रता दिनुपर्नेमा जोड दिन्छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?