ट्रेंडिंग:

>> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै

मैत्रीपूर्ण फुटसलको उपाधि जिल्ला सुरक्षा समितिलाई

११ पुष २०८१, बिहीबार
११ पुष २०८१, बिहीबार

भैरहवा, १० पुस ।

भैरहवा सम्पन्न मैत्रीपूर्ण फुटसलमा जिल्ला सुरक्षा समितिले उपाधि जितेको छ । लुम्बिनी प्रेस क्लब, रुपन्देहीले आफ्नो दशौं स्थापना दिवसको अवसरमा बुधबार भैरहवामा आयोजना गरेको मैत्रीपूर्ण फुटसलमा लुम्बिनी प्रेस क्लब बी टिमलाई ५–२ गोलअन्तरले पराजित गर्दै जिल्ला सुरक्षा समिति, रुपन्देहीले उपाधि जितेको हो ।

यसअघि जिल्ला सुरक्षा समितिले उद्योग ब्यापार संगठन, रुपन्देहीलाई पेनाल्टी सुटआउटमा २–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनल पुगेको थियो । यस्तै, सुरक्षा समितिले सेमिफाइनलमा सिद्धार्थनगर नगरपालिकाको टिमलाई ३–१ गोलअन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।

उपबिजेता बनेको लुम्बिनी प्रेस क्लब बी टिमले सिद्धार्थ उद्योग बाणिज्य संघको टिमलाई ५–३ गोलअन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो । प्रेस क्लबले सेमिफाइनलमा बाइ पाएपछि सुरक्षा समितिसँग उपाधिका लागि प्रतिस्पर्धा गरेको थियो ।

सिद्धार्थनगर नगरपालिकाको टिमले लुम्बिनी प्रेस क्लव ए टिमलाई पेनाल्टी सुटआउटमा २–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनल पुगेको थियो । तर, सेमिफाइनल पुगे पनि जिल्ला सुरक्षा समितिसँग पराजित भएपछि उपाधि होडबाट बाहिरियो ।

प्रतियोगिताको उद्घाटन प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले गरेका थिए । प्रमुख जिल्ला अधिकारी घिमिरे, क्लबका अध्यक्ष कमल रायमाझी, सिद्धार्थनगर नगरपालिका वडा नं. १३ का अध्यक्ष सोमबहादुर गुरुङ, क्लबका पूर्वअध्यक्ष नरेश केसी, प्रहरी नायव उपरीक्षक सुरज कार्की, खेल संयोजक भीम भण्डारी लगायतले बोल्दै यस्ता प्रतियोगिताले एकता, आपसी भाइचारा र भातृत्व बिकास गर्ने जनाए । बिजेता र उपबिजेता टिमलाई लुम्बिनी प्रेस क्लब, रुपन्देहीको आगामी पुष १४ गते हुने स्थापना दिवसको विशेष समारोहमा पुरस्कृत गरिने महासचिव प्रकाश न्यौपानेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?