ट्रेंडिंग:

>> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती

दुई अध्यक्षको ‘कुर्ची तानातान’ ले एकीकरण आयोजनाको काम ठप्प

तत्कालीन मुख्यमन्त्री कुलप्रसाद केसीले २०७९ असोज १ मा राप्ती गाउँपालिका– ३ का स्यामेस चौधरीलाई चार वर्षका लागि अध्यक्ष नियुक्त गरेका थिए । सरकार परिवर्तनसँगै २०८१ कार्तिक १३ मा मुख्यमन्त्री चेतनारायण आचार्यले शुसिल कुमार बस्नेतलाई अध्यक्ष नियुक्त गरे । त्यसपछि कार्यालयमा दुई जना अध्यक्षको विवादमा रोमल्लिएको छ ।
११ पुष २०८१, बिहीबार
११ पुष २०८१, बिहीबार

लमही, ११ पुस ।

लुम्बिनी प्रदेशको राजधानी क्षेत्र व्यवस्थापनका लागि खोलिएको जग्गा एकीकरण आयोजना कार्यालय विवादमा परेको छ । जग्गा एकीकरणको लागि भन्दै प्रदेश सरकारको कार्यालय अहिले दुई वटा अध्यक्षकै एकीकरण के हुने हो भन्ने विषय नै चर्चामा छ । एउटा कार्यालयमा दुई वटा अध्यक्ष भएपछि स्थानीयहरू सर्वप्रथम –‘अध्यक्षहरूकै एकीकरण गर्नुपर्ने भन्दै’ व्यंग्य गर्न थालेका छन् ।

अध्यक्षको जिम्मेवारीमा दुई व्यक्ति दाबी गर्दै कार्यरत भएपछि समस्या उत्पन्न भएको छ । तत्कालीन मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश पूर्वाधार विकास प्राधिकरणको मातहतमा यो आयोजना सुरु गरेका थिए । त्यसअन्तर्गत २०७९ असोज १ मा राप्ती गाउपालिका– ३ का स्यामेस चौधरीलाई चार वर्षका लागि अध्यक्ष नियुक्त गरेका थिए । तर, सरकार परिवर्तनसँगै उनको कार्यकाल नसकिँदै २०८१ कार्तिक १३ मा मुख्यमन्त्री चेतनारायण आचार्यले शुसिल कुमार बस्नेतलाई अध्यक्ष नियुक्त गरे ।

आफ्नो कार्यकाल बाँकी रहँदै बस्नेतलाई नियुक्ति गरेको भन्दै निर्णयविरुद्ध चौधरीले उच्च अदालत तुलसीपुरमा रिट दायर गरे । ५ मंसिरमा न्यायाधीश अरूपमा प्रसाद कोइरालाको इजलासले चौधरीलाई पदमा कायम राख्न अन्तरिम आदेश दियो ।

यस आदेशपछि चौधरी कार्यालयमा नियमित हाजिर गरिरहेका छन्  भने बस्नेतले पनि कार्यालयमा आएर हाजिर गर्न छाडेका छैनन । चौधरीले सुविधा र काम गर्न आवश्यक स्रोत–साधन पाएका छैनन । अर्कोतर्फ, बस्नेतले सेवा–सुबिधा उपभोग गरिरहे पनि काम भने दुबैले गरेका छैनन । कार्यालय आउने र जानेसमयमा दुईअध्यक्षहरूको लुकामारी नै चल्ने गरेको छ ।

चौधरी भन्छन्– “म कार्यालयमा नियमित हाजिर गरिरहेछु, तर कुनै सुबिधा पाएको छैन । बस्ने कोठा र कुर्सीसमेत उपलब्ध छैन’’ प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलका अनुसार, काम अघि बढाउन अदालतको निर्णय प्रतिक्षा गरिएको छ ।

चौधरीको कार्यकालमा डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) तयार भएको थियो । यो परियोजना पाँच वर्षमा २५ अर्ब रूपैयाँको लागतमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । उक्त लगानीका लागि लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले सकिएको बताएका छन ।

राप्ती नदीको दुई किनारमा तटबन्ध निर्माण, नदी वारपार जोड्ने तीन पुलको निर्माण, सडक विस्तार, खानेपानी, र विद्युतको सुबिधा बनाउने सरकारको योजना थियो । राजधानी क्षेत्रको आधुनिक सहर निर्माण क्रममा रहे पनि स्रोतको अभाव र राजनीतिक विवादले काम अघि बढ्न सकेको छैन । डीपीआर अनुसार काम नहुँदा जनता मारमा परेका छन । जग्गा व्यवस्थापन नहुँदा जग्गा सो क्षेत्रमा जग्गा कित्ताकाट रोकिएको छ, जग्गा किनबेचमा समस्या भएको छ । त्यति मात्र होइन स्थानीयहरूले बैंक ऋणमा कारोबार गर्न पाएका छैनन् ।

लुम्बिनी प्रदेशले २० वर्षभित्र १ खर्ब लागतमा आधुनिक सहर निर्माणको योजना राखेको भए पनि विवाद र स्रोतको अभावले प्रगति रोकिएको छ। प्रदेश सरकार र सरोकारवाला निकायले सहकार्य नगर्ने हो भने यो महत्वकांक्षी योजना थप अन्यौलमा पर्न सक्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?