Butwal Today

आज सुनको मूल्यमा ६ सयले वृद्धि

११ पुष २०८१, बिहीबार
अ+
अ-

काठमाडौं।

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुनको मूल्य तोलामा १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदीको मूल्य तोलामा १,८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?