Butwal Today

कजाकस्तानमा यात्रुवाहक जहाज दुर्घटना, २५ जनाको जीवित उद्धार

१० पुष २०८१, बुधबार
अ+
अ-

काठमाडौँ, १० पुस।

कजाकस्तानको अक्ताउ सहरमा बुधबार भएको यात्रुवाहक जहाज दुर्घटनामा सवार ६७ जनामध्ये २५ जनाको जीवित उद्धार गरिएको छ। कजाकस्तानको आपतकालीन मन्त्रालयका अनुसार, विमानमा सवार २५ जना यात्रुहरूको जीवित उद्धार गरिएको र जसमध्ये २२ जनालाई उपचारका लागि अस्पताल लगिएको छ।

दुर्घटनामा परेको एम्ब्रेयर १९० विमानमा ६२ यात्रु र पाँच जना चालक दलका सदस्य थिए। जहाज अवतरण गर्ने क्रममा विमानमा आगो लागेको बताइएको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार, यो विमान अजरबैजान एयरलाइन्सको थियो र बाकुबाट रुसको चेचन्यास्थित ग्रोज्नीतर्फ जाँदै थियो। बाक्लो हुस्सुका कारण विमानको रुट परिवर्तन गरिएको थियो।