Butwal Today

आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को खेल तालिका सार्वजनिक,खेल भने फेब्रुअरी २३ मा

१० पुष २०८१, बुधबार
अ+
अ-

काठमाडौँ ।

आईसीसीले च्याम्पियन्स ट्रफी २०२५ को खेल तालिका सार्वजनिक गरेको छ। हाइब्रिड मोडलमा आयोजना हुने यस प्रतियोगिता आगामी फेब्रुअरी १९ देखि मार्च ९, २०२५ सम्म हुनेछ।

प्रतियोगितामा कुल १५ खेल आयोजना हुनेछन्। उद्घाटन खेल पाकिस्तानको कराचीमा हुनेछ, जहाँ आयोजक पाकिस्तान र न्युजिल्यान्डको प्रतिस्पर्धा हुनेछ। भारत र पाकिस्तानबीचको खेल भने फेब्रुअरी २३ मा दुबईमा हुनेछ। भारतले आफ्नो सबै खेल दुबईमा खेल्नेछ।

प्रतियोगिता दुई समूहमा विभाजित हुनेछ। समूह ‘ए’ मा भारत, पाकिस्तान, बङ्गलादेश र न्युजिल्यान्ड रहेका छन् भने समूह ‘बी’ मा अस्ट्रेलिया, इंग्ल्यान्ड, दक्षिण अफ्रिका र अफगानिस्तान रहेका छन्। पाकिस्तानमा १० खेल खेलाइनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?