© २०२३
बुटवल, १० पुस ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिटिजन्स बैंक इन्टरनेसनल लिमिटड हस्पिटल लाईन शाखाले मानव सेवा आश्रममा रहेका ५१ जना असाहाय महिलाहरूलाई ५१ सेट न्यानोे कपडा ज्याकेट तथा ट्राउजर वितरण गरेको छ ।
उक्त कार्यक्रममा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटड लुम्बिनी प्रदेशका प्रदेश प्रमुख हरिप्रसाद घिमिरे, हस्पिटल लाईन शाखा कार्यालयका शाखा प्रबन्धक विष्णु प्रसाद पोखरेल तथा सोही शाखाका कर्मचारीहरू अनिता श्रेष्ठ, शिव कुमार श्रेष्ठ र सुस्मा शर्माको समेत उपस्थिति रहेको थियो । उक्त कायक्रममा प्रदेश प्रमुख हरिप्रसाद घिमिरेले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लुम्बिनी प्रदेशमा रहेका सिटिजन्स बैकका ५१ वटा शाखा कार्यालयहरूले प्रत्येक वर्ष विभिन्न कार्यक्रमहरू संचालन गर्दै आईरहेको जानकारी गराए । सोही अवसरमा हस्पिटल लाईन शाखाले पुषको जिसो मौसममा मानव सेवा आश्रममा रहेका महिलाहरूलाई लक्षित गरी न्यानो कपडा वितरण गर्ने कार्यक्रमको आयोजना गरी सरायिन कार्य गरेकोमा शाखा प्रमुख लगायत सबै कर्मचारीहरूलाई समेत धन्यवाद व्यक्त गरे । सिटिजन्स बैंक पनि यस समाजको हिस्सा भएको हुदा यहि समाजमा नै कुनै न कुनै रूपमा सामाजिक उत्तरदायि निर्वाह गर्नु पर्दछ भन्ने उद्देश्यका साथ बैकले कार्यक्रम संचालन गरेको र आगामी दिनमा समेत यसलाई निरन्तरता दिदै अगाडी बढ्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटड २०६४ साल बैशाख ७ गते २०औै वाणिज्य र्बैैकको रूपमा नारायणहिटि पथ दरबार मार्ग काठमाण्डौैमा मूख्य कार्र्यालय स्थापना भई सचालनमा आईरहको र हाल यस बैकले १९७ वटा शाखा कार्यालय, १६२ वटा एटिम, ३ वटा एक्टेन्सन काउन्टर, ७४ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत आफ्ना करिव १८ लाख ५० हजार निक्षेपकर्ता सहित कार्य सचालन गर्दै आईरहेको छ ।