ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला
तिलोत्तमा मेयर कप टि–२० क्रिकेट प्रतियोगिता २०८१

वडा नं. २ र १६ को विजयी शुरुवात

१० पुष २०८१, बुधबार
१० पुष २०८१, बुधबार

बुटवल, १० पुस । क्रिकेट खेल र खेलाडीलाई प्लेटफर्म दिने गरि तिलोत्तमा मेयर कप टि–२० क्रिकेट प्रतियोगिता २०८१ बुधबारदेखि शुरु भएको छ । एक समारोहका बिच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाडले ब्याटिङ र उपप्रमुख जागेश्वरी देवि चौधरीले बलिङ गरि औपचारिक रुपमा शुभारम्भ गरे ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाडले देशको नाम चिनाउने काममा क्रिकेटबाट भएको बताए । तिलोत्तमालाई क्रिकेट खेलको हबका रुपमा विकास गर्ने गरि स्थानिय सरकारबाट अगुवाई गर्ने प्रतिवद्घता जनाए । खेलबाट पुर्वाधार विकास, युवाहरु एकजुट गरि अनुसासन र खेल विकास गर्न मद्त मिल्ने उनले दाबी गरे। खेलाडी उत्पादन हुने गरि सरोकारवाला निकायहरु लाग्न सुझाव दिए । खेलाडीहरुलाई स्थानिय पालिकाबाट सधै सम्मान र माया गर्दै आएको उनले बताए ।

कार्यक्रममा नगर खेलकुद विकास समिति तिलोत्तमाका संयोजक लोक पुनले सिमित बजेटमा खेल खेलाउन थालिएको बताए । खेलकुदको माध्यमबाट बढिभन्दा बढि पर्यटक भित्राउन सकिने सम्भावना रहेको उनले बताए । यसैगरि क्रिकेट, फुटबल, ब्याटमिन्टन खेलका ग्रासरुट गर्ने समेत तयारीमा रहेको उनले बताए । यसमा सबैको साथ र सहयोग आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा क्यानका निवर्तमान सचिव प्रशान्त बिक्रम मल्लले सरकारबाट भौतिक पुर्वाधार नभएको बेला निजि क्षेत्रबाट वर्षदिनमा उत्कृष्ट मैदान तयार गरेको छ । मैदानसम्म पहुच पुग्नेगरि आवश्यक पुर्वाधार बनाउन जरुरी छ ।
कार्यक्रममा क्यान रुपन्देहीका कार्यबाहक अध्यक्ष धिरज क्षेत्री, नेपाली क्रिकेटका कोच बसन्त शाही, यु–१९ का को शक्ति गौचनले खेल विकासमा सरकारको लगानी जरुरी रहेको बताए ।

नवजिवन क्रिकेट खेलमैदानमा भएको उद्घाटन खेलमा वडा नं २ ले वडा ३ लाई ७ विकेटले पराजित गरेको छ । यसैगरि दोस्रो खेलमा वडा नं १६ ले वडा नं १० लाई ७ विकेटले पराजित गरेको छ । प्रतियोगितामा १६ वटा वडाहरु सहभागी भएका छन ।

प्रतियोगिताको उपाधि विजेताले नगद ५० हजार रुपैया, कप, मेडल र प्रमाणपत्र तथा उपविजेताले नगद ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने तिलोत्तमा क्रिकेट विकास समितिका अध्यक्ष अर्जुन पराजुलीले बताए । यसैगरि विधागत रुपमा प्लेयर अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान, बलर र हरेक खेलमा उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने उनले बताए । यसैगरि मनोरञ्जन हुने गरि जनप्रतिनिधि, पत्रकार, आयोजकहरुका बिचमा खेल खेलाईने उनले बताए । पुस १७ गतेसम्म प्रतियोगिता संचालन हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?