© २०२३
काठमाडौँ ।
चालु आर्थिक वर्षको ५ महिनामा नेपालले ९ करोड रुपैयाँभन्दा बढीको क्रिसमस ट्रि लाइट आयात गरेको छ। २०८१ साउनदेखि मङ्सिर मसान्तसम्ममा ८ लाख १४ हजार थान क्रिसमस ट्रि लाइट आयात गरिएको छ, जसको कुल मूल्य ९ करोड २६ लाख ५९ हजार रुपैयाँ रहेको भन्सार विभागका तथ्याङ्कमा उल्लेख छ।
सबैभन्दा धेरै क्रिसमस ट्रि लाइट चीनबाट आयात गरिएको छ। चीनबाट ८ करोड ६४ लाख ३२ हजार रुपैयाँको ६ लाख ७४ हजार ४१ थान क्रिसमस ट्रि लाइट आयात भएको छ। त्यस्तै, कतारबाट ३२ हजार रुपैयाँको २३९ थान, बहराइनबाट ११ हजार रुपैयाँको १२२ थान, र हङकङ, साउदी अरेबिया, ओमानलगायतका ७ मुलुकबाट १६ हजार रुपैयाँको ९५ थान क्रिसमस ट्रि लाइट आयात भएको छ।