ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

अमेरिकामा बन्ने भयो ‘नक्कली सुर्य’, ४०० मेघावट बिजुली उत्पादन गर्ने

१० पुष २०८१, बुधबार
१० पुष २०८१, बुधबार

वासिङ्टन ।

विश्वका धेरै देश अहिले ‘नक्कली सूर्य’ बनाउनमा व्यस्त छन् ।

यदि सबै योजना अनुसार चल्यो भने भर्जिनियाले २०३० को प्रारम्भमा विश्वको पहिलो ग्रिड स्केल आणविक फ्यूजन पावर प्लान्ट स्थापना गर्न सक्छ। यो प्लान्टले भविष्यको स्वच्छ उर्जाको उपयोग गरी बिजुली उत्पादन गर्नेछ ।

स्टार्टअप कमनवेल्थ फ्युजन सिस्टम्स (सिएफएस) ले मंगलबार यो घोषणा गर्‍यो। सिएफएस सबैभन्दा ठूलो र सबैभन्दा प्रसिद्ध परमाणु फ्यूजन कम्पनीहरू मध्ये एक हो। यसले भवन निर्माणमा अर्बौं डलर लगानी गर्दै आएको छ ।

सञ्चालनमा आएपछि प्लान्टले ग्रिडसँग जोडेर ४०० मेगावाट उत्पादन गर्न सक्नेछ । कम्पनीका सीईओ बब मुमगार्डका अनुसार यो करिब १५०,००० घरहरूलाई बिजुली दिन पर्याप्त छ।  विश्वमा ग्रिड स्केलमा फ्युजन पावर उपलब्ध गराउने यो पहिलो पटक हुनेछ,ू उनले भने। भर्जिनियाका गभर्नर ग्लेन यङकिनले यो घोषणालाई भर्जिनिया र विश्वका लागि ऐतिहासिक क्षण भनेका छन् ।

यो प्लान्टले आणविक फ्युजनको व्यावसायीकरण गर्ने क्रममा नयाँ चरणको प्रतिनिधित्व गर्नेछ। हाम्रो सूर्य जस्ता अन्य ताराहरूले परमाणु संलयनबाट मात्र शक्ति प्राप्त गर्छन्। तर यो दिशामा बाटो अझै सजिलो छैन। विश्वलाई स्वच्छ र प्रचुर मात्रामा उर्जा स्रोतको आवश्यकता छ जसले जीवाश्म ईन्धनलाई प्रतिस्थापन गर्न सक्छ।

आणविक फ्युजनको प्रविधिले यस्तो प्रतिज्ञा गर्छ। यसमा परमाणु कणहरूबाट फ्युजन गरेर ऊर्जा उत्पन्न हुन्छ। यसमा हाइड्रोजन प्रयोग गरिन्छ। यस प्रक्रियाको लागि टोकमाक भनिने डोनट आकारको मेसिन प्रयोग गरिन्छ।

फ्युजन ऊर्जा लगभग असीमित छ, यसले वातावरणलाई तातो गर्दैन र वर्तमानमा प्रयोग गरिएको विखंडन प्रविधिहरू जस्तै रेडियोधर्मी फोहोर छोड्दैन। यद्यपि, यसलाई अनुसन्धान परियोजनाहरूबाट व्यावसायिक प्रयोगमा लैजान अत्यन्त चुनौतीपूर्ण साबित भएको छ।

सिएफएस ले भनेको छ, फ्युजन रातारात हुँदैन। एमआईटीबाट २०१८ मा छुट्टै स्थापना भएको यो स्टार्टअपले हालसम्म २ बिलियन भन्दा बढी सङ्कलन गरेको छ। तिब्र गतिमा प्रगति भइरहेको उनीहरुको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?