© 2026
काठमाडौँ, १० पुस।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगी प्रकरणमा संलग्न सबै व्यक्तिहरूको छानबिन हुने बताएका छन्। राजधानी काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले सहकारी ठगीमा संलग्न व्यक्ति जुनसुकै दलका भए पनि छानबिन प्रक्रिया जारी रहने स्पष्ट पारे।
मन्त्री गुरुङले भने, “सहकारीको अव्यवस्थाको समस्या अत्यन्त धेरै देखियो, एकपछि अर्को समस्या उधिनिदैछ।” यसप्रकारका घटनाहरूको सघन अनुसन्धान गरिने उनको भनाइ थियो।
फरक प्रसँगमा, मन्त्री गुरुङले नेपालको सूचना प्रविधि क्षेत्रमा एआईको प्रयोग सम्बन्धी नीति ल्याउने तयारी रहेको जानकारी पनि दिए। उनले आफ्नो कार्यकालमा नेपालको सञ्चार र सूचना प्रविधिको क्षेत्रमा व्यवस्थित र सुधारिएको अवस्था स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे।
सञ्चार क्षेत्रमा सुधारको लागि मन्त्री गुरुङको पहलले आगामी दिनमा महत्वपूर्ण प्रभाव पार्ने अनुमान गरिएको छ।