काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धित राष्ट्रपति रामचन्द्र पौडेलको एक पुरानो भिडियो क्लिप्स अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। यस भिडियोमा पौडेलले केपी ओलीको बारेमा टिप्पणी गर्दै उनलाई लोकतन्त्रका लागि होइन, ज्यान मुद्दामा १४ वर्ष जेल बसेको बताएका थिए।

यस क्लिपमा पौडेलले ओलीको आलोचना गर्दै भनेका छन्, “कसले भन्यो ओली लोकतन्त्रको नाममा १४ वर्ष जेल बसे? ज्यान मुद्दामा बसेको हो।” उनले ओलीलाई कम्युनिस्टको आन्दोलन र लोकतन्त्रका लागि जेल बसेको होइन, पञ्चायती शासनको विरोधका कारण जेल बसेको टिप्पणी गरे।
यसैबीच, रास्वपाका सभापति रवि लामिछानेलाई षड्यन्त्रपूर्वक सहकारी प्रकरणमा फसाउने आरोपमा ओलीको आलोचना भइरहेको छ। लामिछानेलाई अनावश्यक दुःख दिएको भन्दै ओलीको आलोचना गरिएको छ।
यद्यपि, यो भिडियो हालको नभएर ४ वर्ष अघि राष्ट्रपति पौडेलले तनहुँमा दिएको अभिव्यक्ति हो। २०७७ मंसिर १८ मा व्यास नगरपालिकामा पुल उद्घाटनका लागि पुग्दा उनले प्रधानमन्त्री ओलीको आलोचना गरेका थिए। त्यतिबेला पौडेलले ओलीको विरोध गर्दै उनलाई “कम्युनिस्ट” र “लोकतन्त्रका लागि नभई ज्यान मुद्दामा जेल बसेको” टिप्पणी गरेका थिए।
यस घटनामा ओलीको रअसँगको गुप्त वार्ता र झापा विद्रोहको सन्दर्भमा पनि चर्चा भएको थियो, जसमा ओलीले तत्कालीन पञ्चायती शासनको दमनको विरोध गर्दै आन्दोलन गरेका थिए।
यो पुरानो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ र नेताहरूसँग सम्बन्धित चासो र आलोचना उत्पन्न गर्दैछ।



