© २०२३
बुटवल, ९ पुस।
नेपाली युवा उद्यमी मञ्च रूपन्देहीको आयोजनामा राजधानी बाहिर शनिबार चौथो पटक आयोजना गरिएको थियो । नविल बैक मुख्य प्रयोजनमा तथा बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाको सह प्रयोजनमा तिलोत्तमा कोटीहवामा रहेको टाइगर प्यालेस रिसोर्टमा सम्मेलन गरिएको हो ।
नेपाली युवा उद्यमी मञ्च रूपन्देही युवा उद्यमशिलता विकास गर्ने, नयाँ उद्यमीहरूको खोजी तथा मुलुक भित्र प्रयाप्त अवसर, संभावनाको खोजी गरि आम युवाहरूलाई मुलुक भित्र आफ्नो सुनौलो भविष्य खोज्न सम्मेलन केन्द्रित रहेको नेपाली युवा उद्ममी मञ्च रूपन्देहीका अध्यक्ष रिशव वझाले जानकारी दिए ।
उनले उद्यमशिलताका विभिन्न विषयमा स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार, राजनैतिक दल, युवासँग सम्बन्धित सरोकारवाला निकाय उद्यमशिलता प्रोत्साहन र निर्माणमा लागेका अभियान्ताहरू सबैलाई यो सम्मेलनले युवा उद्यमलाई धन, विकास र विस्तार गर्नेमा फलदायी हुने विस्वास व्यक्त गरे ।
स्वदेश मै युवा आमशिलता जागरण पैदा गर्नको लागि राजधानी बाहिर मोफसलमा चौथौ पटक सम्मेनमा गरिएको तथा युवा उद्यमी सम्मेलयमा देशभरबाट ४ सय ५० युवा उद्यमीहरूको सहभागीता रहेका थिए ।
कार्यक्रममा संयोजक प्रविना घिमिरेले बताइन । कार्यक्रममा युवा उद्ममी मञ्च नेपालका अध्यक्ष कुशल सुन्दर श्रेष्ठले युवाहरूलाई स्वदेशमै स्वरोजगारी वातावरण सृजना गर्नुपर्नेमा जोड दिए । देशको नेपालको अर्थतन्त्रको बर्तमान अवस्था र भविष्यका बारेमा आफनो धारणा राखेका थिए ।
कार्यक्रममा प्रमुख वक्ता रूपमा वल्ड लिङ्क कम्युनिकेशन लिमिटेडका संस्थापक दिलीप अग्रवालले नेपाली युवाहरूलाई स्वदेशमा नै उद्यमीकरण गर्नुपर्ने कुरामा जोड दिनुपर्ने र उनीहरूले स्वदेशमा नै युवा उद्यमीकरणका गर्दै देशलाई आर्थिक संकटबाट जोगाउनुपर्ने कुरा तथा उधमशिलता सम्बन्धि आफ्नो विशेष प्रस्तुती दिएका थिए ।
प्यानल डिस्कसन सिद्धीविनायक मोटो क्रोप्र्सका सुनिल कसजु नेपाल टुरिजमा बोेड श्रद्धा श्रेष्ठ, कोकाकोला बेभेरेज नेपाल का स्नेह राजभण्डारी, कामना सेवा विकास बैंक लिमिटेड का अध्यक्ष सुदिप आचार्यको टिमले विषेशगरी युवा उद्यमीहरूको वीचमा सम्पर्क सन्जाल विस्तार, नयाँ आउन लागेका नव उद्यमीहरूको बीचमा प्रेरणादायी सम्बन्ध विस्तारका साथै व्यवसायिक भावनाको एकता, नयाँ व्यवसाय सुरुवातको प्रक्रिया, अवसर, चुनौतिको विषयमा छुट्टाछुट्टै छलफल गरेका थिए ।
त्यस्तै कार्यक्रमा माउन्ट एभरेष्ट कथ्था प्रालीका अध्यक्ष वसन्त रोक्का, सिद्धार्थ ग्रुप अध्यक्ष चिन्तामणि न्यौपानेको आफ्नो प्रेरणादायी प्रस्तुती दिएका थिए । पाहाडी फुडस तथा हाइलाइफ फुड्सका प्रबन्धक निर्देशक प्रसान्त घिमिरे, मेरो किनमेल प्रालिका कार्यकारी निर्देशक सन्तोष कँडेलले युवा उद्यमशिलता विकास गर्ने, नयाँ उद्यमीहरूको खोजी तथा संभावना बारेमा आफ्नो धारणा राखेका थिए ।
मध्यस्थताको भूमिकामा अर्थशास्त्री निशान्त खनालले गरेका थिए । त्यस्तै नबील बैंक लिमिटेड क्लास्टर प्रमुख तथा नेपाल उद्योग वाणिज्य संघ उपाध्यक्ष लगायतले आफ्नो धारणा राखेका थिए । उक्त कार्यक्रममा संचालक मिस नेपाल अर्थ २०२० सुप्रिया श्रेष्ठले गर्ने भएकी थिइन ।