Butwal Today

ट्रम्पको डब्लूएचओबाट अमेरिका अलग्याउने योजना

९ पुष २०८१, मंगलवार
अ+
अ-

काठमाडौँ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टोलीले दोस्रो कार्यकालको पहिलो दिनमा अमेरिकालाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) बाट अलग्याउने नयाँ योजना तयार पारेको छ। ‘फाइनान्सियल टाइम्स’का अनुसार, ट्रम्पले २०२० मा डब्लूएचओबाट अमेरिका अलग्याउने प्रक्रिया सुरु गर्नुभएको थियो, तर ६ महिना पछि जो बाइडन प्रशासनले त्यस निर्णयलाई उल्ट्यायो।

ट्रम्पले कोरोना महामारीका बेला चीनलाई जिम्मेवार ठहर गर्दै डब्लूएचओलाई बेइजिङको कठपुतली भएको आरोप लगाएका थिए। उनले कोरोना भाइरसको जिम्मेवारी चीनको माथि रहेको भन्दै डब्लूएचओको आलोचना गरिरहनुभएको थियो। यसरी, ट्रम्प र डब्लूएचओ बीचको तिक्तता बढेको थियो।

ट्रम्पको नयाँ निर्णयले अमेरिकाको विश्वव्यापी स्वास्थ्य नीतिमा ठूलो परिवर्तन ल्याउने र महामारीसँग लड्ने अन्तर्राष्ट्रिय प्रयासबाट अमेरिकालाई अलग्याउने सम्भावना रहेको विश्लेषण गरिएको छ। यसै क्रममा, डब्लूएचओका महानिर्देशक टेड्रोस गेब्रेयससले एक प्रेस ब्रीफिङमा ट्रम्प प्रशासनको तयारी बारे चिन्ता व्यक्त गर्दै, अमेरिकालाई समय र ठाउँ दिने आवश्यकता रहेको बताएका छन्।

ट्रम्पले डब्लूएचओका आलोचक रोबर्ट एफ केनेडी जुनियरलाई आफ्नो सार्वजनिक स्वास्थ्य क्याबिनेटमा नियुक्त गर्ने योजना बनाएका छन्। अमेरिकाले डब्लूएचओबाट अलग्गिने निर्णयले विश्वव्यापी रोग निगरानी र आपतकालीन व्यवस्थामा कमजोरी ल्याउने संभावना रहेको अनुमान गरिएको छ।