ट्रेंडिंग:

>> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न

वृद्धवृद्धा, अपाङ्ग र विपन्नलाई कम्मलको न्यानो

९ पुष २०८१, मंगलवार
९ पुष २०८१, मंगलवार

चन्द्रौटा (कपिलवस्तु), ९ पुस ।

कपिलवस्तुमा जेष्ठ नागरिक, अपाङ्ग, एकल महिला सहित विपन्नलाई कम्मल वितरण गरिएको छ । जिल्लाको शिवराज नगरपालिका वडा नम्बर–३, मा रहेको चेतनशील सामुदायिक वन उपभोक्ता समूहले मैनार, बुलकियाका जेष्ठ नागरिक, अपांग, एकल महिला लगायत विपन्नलाई वितरण गरेको हो ।

वडा नम्बर ३ का वडाअध्यक्ष टेकलाल सापकोटाले मंगलबार कार्यक्रमलाई सम्बोधन गर्दै आफूलाई जन्माएको आमा बुवाप्रति सदैव सम्मान गर्नुपर्ने बताए । उनले शिक्षालाई प्राथमिकता दिँदै विशेषगरी थारु समुदायले ध्यान दिन आवश्यक रहेको समेत उनले जनाए । शिक्षाले नै समुदायको मुहार फेर्न जनाउँदै बालबालिकालाई पनि आफूभन्दा ठूलाको सम्मान गर्नुपर्छ भन्ने पाठ सिक्ने सापकोटाले बताए ।

वृद्धावृद्ध भएपनि अपहेलना गर्ने प्रवृत्तिले समाजमा नकारात्मक सन्देश फैलाएको बताए । सामाजिक उत्तरदायित्व अन्तर्गत वनले गरेको कार्यको प्रशंसा उनले गरे । वनलाई संरक्षण गर्न आग्रह गर्दै सामुदायिक वन समुदायको विकासमा टेवा पुग्ने उनको भनाइ छ । हराभरा वनले वातवरणसँगै जिवजन्तुलाई पनि प्रतिफल दिएको जनाउँदै वन संरक्षणप्रति आमनागरिक जागरुक भई प्रभावकारी तबरले विकासमा जोडदिनुपर्ने उनले बताए । वनले उत्पादनमूलक कार्यमा लगानी गर्न आग्रह गरे ।

यस्तै डिभिजन वन अधिकृत वरिष्ठ वन अधिकृत सूर्या मैनालीले वन सबैको साझा सम्पत्ति रहेको बताए । साझा सहकार्यबाट मात्र विकास सम्भव रहेको जनाउँदै कम्मलले आमनागरिकलाई चिसोबाट जोगाउन अवश्य पनि महत्वपूर्ण भूमिका खेल्ने समेत उनले जानकारी दिए । यसैबीच वरिष्ठ वन अधिकृत पहलवान सेरमुन्जा मगर समाज परिवर्तनमा यस कार्यले उल्लेखनीय कार्य रहेको बताए ।

सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष राम पाल थारुले आफू अध्यक्ष भएपछि पहिलो कार्यक्रम गरेको बताए । उनले आगामी दिनमा समाजमा यस्ता प्रभावकारी रहेको विश्वास व्यक्त गरे । स्थानीय ८२ बर्षका भोजु थारुले वनले वितरण गरेको कम्मले आफूहरुलाई न्यानो महसुुश भएको बताए । यस्ता खालका कार्यक्रम वनले पहिलो पटक गर्दा अत्यन्तै सकारात्मक रहेको उनले बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?