Butwal Today

मापसे गरी श्रीमतीको हत्या

९ पुष २०८१, मंगलवार
अ+
अ-

बुटवल, ९ पुस ।
बुटवलको देबिनगरमा बस्दै आएका एक दम्पती बिच झगडा हुँदा महिलाको मृत्यु भएको छ श्रीमान श्रीमतीबीच आपसी विवाद हुँदा श्रीमान् सागर बिकले श्रीमति अन्जली बिकलाई हानेर हत्या गरेको स्थानीयले जानकारी दिएका छन ।

यता प्रहरीले झगडापछि महिलाको मृत्युको बिषयमा अनुसन्धान सुरू गरेको जनाएको छ । वडा प्रहरी कार्यालय बुटवलका अनुसार मादक पदार्थ सेवन गरेर सधै जसो झगडा भैरहने गरेको र सोमबार पनी झगडा भैरहेको बेला एक्कासी महिलाको मृत्यु भएको बारे जानकारी भएको बताएको छ ।

प्रहरीका अनुसार घटनामा संलग्न सागर बिकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको वडा प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी निरीक्षक बिष्णु बहादुर बस्नेतले जानकारी दिए । मृतक बिकको टाउकोमा चोट लागेको छ । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।