Butwal Today

भक्तपुरमा बाबुछोराको हत्यामा एक जना पक्राउ

९ पुष २०८१, मंगलवार
अ+
अ-

 काठमाडौं ।

भक्तपुरको सूर्यविनायक नगरपालिका-२, बालकोटमा बाबुछोरा मृत भेटिएको प्रकरणमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

हुलाक कार्यालयका कर्मचारी कुलप्रसाद आचार्य र उनका छोरा प्रवीणको हत्या प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीले जेठा छोरालाई पक्राउ गरेको छ। पक्राउ परेका उनलाई महाराजगञ्जबाट गिरफ्तार गरिएको हो।

सूत्रका अनुसार, उनले हत्यामा आफ्नो संलग्नता स्वीकार गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?