ट्रेंडिंग:

>> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी

पृथ्वीचन्द्र अस्पतालमा स्वास्थ्य बिमाः सेवाग्राहीले पाए, अस्पतालले पाएन

९ पुष २०८१, मंगलवार
९ पुष २०८१, मंगलवार

नवलपरासी, ९ पुस ।
जिल्ला स्थित पृथ्वीचन्द्र अस्पतालमा स्वास्थ्य बीमा लागू भए देखि ढाई करोड भन्दा बढि रकम विमा माग (क्लेम) नगर्दा घाटा भएको छ । अस्पतालका मेसु लगायत कर्मचारीका लापर्वाहीले सो रकम अस्पतालले घाटा ब्यहोर्न परेको हो ।
आन्तरिक आयबाट बिमित परिवारलाई उपचार गर्ने तर सो रकम बिमा बोर्डसँग माग नगर्दा अस्पतालको आन्तरिक आयमा घाटा ब्यहोर्न परेको अस्पतालकै एक कर्मचारीले बताए । विगत बर्ष देखि नै अस्पतालको रकम घाटा गराई रहने मेसु र कर्मचारीलाई आवश्यक छानविन गरि कारवाहीको माग समेत केही स्थानीयले गरेका छन् । गत बर्ष पनि मात्रै झण्डै चालिस लाख विमा रकम घाटाले अस्पतालकै घाटा भएको भन्दै सो घाटा कस्ले परिपूर्ति गर्ने भन्ने चाँसो राख्दै प्रश्न उठ्न थालेको छ । विगत बर्षको पुरै घाटा जोड्ने हो,भन्ने ढाई करोड जति पुग्ने दाबी कर्मचारीको थियो । कर्मचारीको नाममा विभिन्न भत्ता थप गर्ने समितिले सहमति दिइने तर कर्मचारीकै कारण लाखौ रुपियाँ घाटा हुँदा सो रकमको सोधभर्ना को कस ? बाट भराउने कुरा प्रति नागरिक समाजको ध्यानाकर्षण भएको थियो ।

विरामी वा जनतालाई समान्य छुट पाउने वा सुविधा माग्दा विभिन्न बहाना बनाउने अस्पताल कर्मचारी,स्वास्थ्यकर्मी,अस्पताल प्रशासन र पदाधिकारी माथि समेत नागरिक समाजले प्रश्न उठाएको छ । अस्पतालकै तथ्यांक अनुसार ३९ लाख ९ हजार ५ सय ७० रुपियाँ दाबी नगर्दा घाटा देखिएका छन् । वेवारिसे विरामी देखि अन्य जनतालाई केही सहुलियत सुविधामा अस्पतालले विभिन्न बहाना बाजी र बखेडा झिक्छ, नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवारले भने, अस्पतालमा कर्मचारीकै कारण करोडौं रुपिया घाटा देखिएको छ । सो घाटा कस्ले ब्यहोर्ने होला ? यसको चित बुझ्दो जवाफका लागि अस्पताल प्रशासन तयार रहनु पर्छ । अस्पतालले छानविन समिति बनाइ वास्तविक कारण पत्ता लगाई सम्बन्धित कर्मचारीबाट सोधभर्ना गराउनु पर्ने माग उनले गरेका थिए । तर अहिलेसम्म पनि त्यसबारे छानविन हुन सकेको छैन् ।
करोडौं रकम घाटा भइरहेको बारे अस्पताल विकास समितिले पनि चाँसो नलिइनु लज्जास्पद हो । समितिलाई पनि एक प्रकारको लज्जाबोध हुनु पर्छ, उनले भने, कर्मचारीले जे प्रस्ताव ल्याउँछन् खुरु खुरु पास गर्ने तर तिनै कर्मचारीबाट लाखौ रुपिया घाटा प्रति वेवास्ता गर्ने समिति प्रति जनताले के आशा राख्ने ? एक त बीमा रकम माग गर्दा बीमा बोर्डले रकम बेलामा दिइएको छैन् । त्यसैमा कम रकम माग गरेर अस्पताल सञ्चालनमा आफै समस्या सृजना गरेको देखिएको छ । बीमा वापत सेवा दिँदै आएको र विमा रकम आउन ढिलाई हुँदा अस्पताल सञ्चालनमा समस्या देखिएको छ । मोटो रकम विमाबाट लिइनु पर्ने तर बेलामा विमाले रकम नपठाई दिँदा समस्या देखिन थालेको हो ।
त्यसमा पनि कर्मचारीको गैर जिम्मेवारीपनले रकम नै माग गरि घाटा देखाउने गरिएको कुराले अस्पतालको अस्तब्यस्तता स्वतः प्रमाणित गर्छ । अस्पतालमा आर्थिक ब्यवस्थापनका लागि दुई चार लाखका लागि समिति पालिका धाउने र कर्मचारीले करोडौ घाटा गराउने प्रति समिति पनि गम्भिर नरहेको उनको भनाइ थियो । अस्पतालमा सरुवा भई आएका निमित्त मेसु डा.नुरुल होदाको सरुवा भएको महिना दिन पुग्दा पनि अस्पताल छाड्ने मनस्थितिमा छैनन् । मेसु होदाकै कारण अस्पतालको वातावरण ठिक नभएको भन्दै तिन जना चिकित्सक समेत राजीनामा गरि अस्पताल छाडेका छन् । चिकित्सकले विरामी चेकजाँच गरेर शल्यक्रिया जस्ता कार्यमा वृद्धि गर्दै सेवा विस्तार गरियो भने मात्र अस्पतालमा आय वृद्धि हुने हो, तर मेसुले तिनीहरूकै सुबिधा कटौती गरे पछि राजिनामा दिँदै छाड्न थालेका छन् । अहिले साउनदेखि यता अस्पतालका तीन जना वरिष्ठ विशेषज्ञ डाक्टरहरूले राजीनामा दिएका छन् । यसले विभिन्न सेवा ठप्प हुँदा बिरामीहरू मर्कामा परेको उनको भनाइ थियो । गत श्रावण महिनादेखि नै नाक कान घाँटी विभाग प्रमुख डा. सरोज काफ्लेको राजीनामा पछि सो सेवा बन्द छ । यसले अस्पताल डुबाउने खेल भएको स्थानीय समाजसेवी अनिल अग्रहरीले बताए । उनले प्रेस विज्ञप्ती नै जारी गरी अस्पतालका मेसुलाई सरुवा भए पनि किन नगएको भनेर प्रश्न गरेका छन ?
बीमा रकमका लागि पटक पटक बीमा कार्यालयलाई जानकारी गराउँदै आएको भए पनि रकम आउन नसक्दा समस्या देखिएको अस्पतालका सूचना अधिकारी गोबिन्द बहादुर ज्ञवालीले बताएका थिए । उनका अहिले विमा क्लेम गर्ने कार्यलाई सफ्टवेयर जडान गरि सुधार गरि सकिएको छ । विगतमा के कस्तो भयो, त्यसबार जानकारी छैन । अहिले पनि विमा सेवामा खर्च हुने रकम बढदै गएको छ । उनका अनुसार बीमा वापत पाउने रकम गत आर्थिक बर्षको १ करोड ५१ लाख ४८ हजार ३ सय ६४ रहेको छ । डेढ करोड भन्दा बढि रकम अस्पताललाई तरलता ब्यवस्थित गर्न समस्या देखिएको छ । औषधी टेण्डर मार्फत खरिद गरिन्छ, सो रकम औषधि दाखिला गरेर भुक्तानी दिई हाल्नुपर्छ ।
कुल बीमा रकम २ करोड ८४ लाख ६१ हजार ७ सय ४८ रहेको थियो । जस्मा विमा बोर्डले ९३ लाख २२ हजार ८ सय १३ रुपिया मात्र पठाएको छ । विमामा खर्चिने रकम समेत केही दाबी गर्न नसक्दा पनि समस्या देखिएका छन् । विगतमा सिस्टम सफ्टवेयर सञ्चालनमा समस्या हुँदा ३९ लाख ९ हजार ५ सय ७० रुपिया त्यतिकै दाबी नै अस्पतालले गर्न सकेन । अस्पतालले २ करोड ४४ लाख ७१ हजार १ सय ७७ रुपियाँ मात्र दाबी गरेको थियो । तर दाबी गरिएको पुरै रकम पनि बीमा बोर्डले पठाइ दिएन । मासिक ३० लाख भन्दा बढि बीमा गरेका बिरामीले सेवा लिन आउने गरेका छन् । विगत बर्षमा जे जस्तो भए पनि अहिले बीमा रकम दाबी गर्न छाडिएको छैन्,अस्पतालका अध्यक्ष महेन्द्र गुप्ताले भने,–‘विगतमा भएका बीमा रकममा लापर्बाही अहिले रोकिएको छ ।’

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?